प्रस, वीरगंज, २ साउन/
वीरगंज महानगरपालिका–१७ अलौंमा १६ शøयाको अस्पताल निर्माणका लागि मङ्गलवार शिलान्यास गरिएको छ । वडाध्यक्ष सञ्जीवबहादुर छतकुलीले आज अस्पताल भवन निर्माणका लागि शिलान्यास गरे ।
कार्यक्रममा वीरगंज महानगरको स्वास्थ्य क्षेत्रमा सुधारका लागि वडा नं १७ मा अस्पताल बनाउन लागिएको नगरप्रमुख राजेशमान सिंहले बताए । उनले वडामा यसै आर्थिक वर्षदेखि विशेषज्ञ सेवा दिन शुरू गरिने र त्यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना अन्तिम चरणमा पुगेको जानकारी गराए ।
यसै वर्ष अस्पतालको निर्माण कार्य सम्पन्न गरिने उनले बताए । अहिले यो वडामा स्वास्थ्य चौकीमार्फत वडावासीलाई स्वास्थ्य सेवा प्रदान भइरहेको छ । रु एक करोड २० लाखको लागतमा अस्पताल भवन निर्माण हुने वडाध्यक्ष छतकुलीले बताए ।