प्रस, वीरगंज, ३० असार/
वीरगंजको लिटल बडी इन्टरनेशनल प्रिस्कूलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रिस्कूलका प्रधानाध्यापक विजयकुमार बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छजना महिलासहित ४० जनाले रक्तदान गरेका छन् । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको प्रअ बलले बताए ।
यस्तै, श्रीराम अस्पताल, वीरगंजको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । अस्पतालले आमा सुरक्षा कार्यक्रम शुरू गरेको एक वर्ष पूरा भएको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको अस्पतालकी सञ्चालक डा दीप्ति यादवले जानकारी दिइन् । रक्तदान गर्नेहरूमा डा सुनील यादव, डा मनीष खन्ना, अनिल पटेल, राधा श्रेष्ठ, एन्जिला पटेललगायत रहेका रक्तसञ्चार केन्द्र, वीरगंजले जनाएको छ ।