प्रस, वीरगंज, २९ असार/
सखुवाप्रसौनी गाउँपालिकास्थित महुवन माविमा शुक्रवार अभिभावक र विद्यार्थीले तालाबन्दी गरेका छन् ।
विगत एक वर्षदेखि प्रधानाध्यापकको सरुवाको विषयलाई लिएर भद्रगोल रहेको सो विद्यालयमा पठनपाठनलगायत सबै सेवा अस्तव्यस्त भएको र समस्या समाधान गर्न कसैले पहल नगरेपछि अभिभावक र विद्यार्थीले आज तालाबन्दी गरेका हुन् ।
हाल सो विद्यालयमा तीनजना प्रधानाध्यापक छन् । तीनैजना प्रअको छुट्टाछुट्टै हाजिरी रजिस्टर र कार्यालयमा पनि नियमित नआउने साथै कक्षा पनि नलिने गरेका बताइन्छ । तीनजना प्रअले शिक्ष्Fक र विद्यार्थीलाई दिनभरि निर्देशन मात्र दिने गरेका छन् ।
विद्यालयको समस्या समाधान गर्नेतर्फ ध्यान नदिई तीनजना प्रअ एकापसमा आरोप–प्रत्यारोप गरेर दिन बिताउने गरेको अभिभावकहरूको आरोप छ ।
विद्यालयको अवस्था भद्रगोल भएपछि सो विद्यालयका ५० प्रतिशत विद्यार्थी यस शैक्षिकसत्रदेखि अन्य विद्यालयमा भर्ना भएका शिक्ष्Fकहरूको भनाइ छ ।
प्रअ सरुवाको विषयका कारण विद्यालयमा चार महीनादेखि दिवाखाजा वितरण नभएको तथा विशेष शिक्ष्Fा पनि सञ्चालन भएको छैन ।
यावत् समस्या समाधान नभएसम्म आज गरिएको तालाबन्दी नखोलिने अभिभावकहरूले बताएका छन् ।