ओमप्रकाश चौधरी, सेढवा, २७ असार/

पर्साको डिभिजन वन कार्यालय मातहत रहेको गादीमाई साझेदारी वन व्यवस्थापन समूहको प्रथम साधारणसभा अन्तर्गत बुधवार निर्वाचन सम्पन्न भएको छ ।

कुल २५९ मतदाता रहेको समूहको निर्वाचन अपराह्न साढे तीन बजे सम्पन्न भएको थियो । प्रमुख निर्वाचन अधिकृत एवं बार एशोसिएशन, पर्साका एकाइ अध्यक्ष कमलमोहन पोखरेलका अनुसार मध्याह्न सवा १२ बजेदेखि साढे तीन बजेसम्म चलेको मतदानमा २५२ जनाले मतदान गरेका थिए ।

गादीमाई साझेदारी वन व्यवस्थापन समूहको अध्यक्ष पदमा सोहरूम राउत गद्दी विजयी भएका छन् । सबडिभिजन वन कार्यालय, वसन्तपुरमा भएको  प्रथम साधारणसभाबाट गद्दी अध्यक्ष पदमा १२६ मत प्राप्त गरी १७ मतान्तरले विजयी भएका छन् । अन्य पदहरूमा पनि गद्दीकै प्यानल विजयी भएका छन् । प्रतिद्वन्द्वी कृष्णमोहनप्रसाद यादवले १०६ मत प्राप्त गरे ।

अन्य पदहरूमा पनि गद्दीकै प्यानल विजयी भएका छन् ।  गद्दी प्यानलका सदस्यहरूमा उमादेवी दुसाद, ज्यन्तीदेवी थरुनी, इन्दिरादेवी चाई, सुवास महतो चाई, वासुदेव तिवारी, जीतेन्द्रकुमार वर्मा, राजबली बैठा धोबी, शत्रुध्न ओझैया थारू, रामचन्द्र गौरो, अब्दुलकयाम अन्सारी, तबरेज अलि शाह, सञ्जयप्रसाद खवास रहेका छन् ।               

निर्वाचनमा २५७ मतदातामध्ये २५२ मत खसेको थियो । निर्वाचनमा १७ वटा मत बदर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here