ढाका, २७ असार/सिन्ह्वा

बङ्गलादेशमा डेङ्गुबाट एकै दिन सातजनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो ।

मङ्गलवार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा थप सातजनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधवार जनाएको छ ।

यो सङ्ख्या यस वर्षको जनवरीयता एकै दिनमा सबैभन्दा धेरै हो । हाल डेङ्गु सङ्क्रमितको सङ्ख्या १४ हजार ८९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका  महानिर्देशनालयले बताएको छ । यो वर्ष डेङ्गु सङ्क्रमितमध्ये ११ हजार ५११ जनाले स्वास्थ्यलाभ गरेका छन् ।

यो महीनामा मात्रै थप छ हजार ९१९ जना डेङ्गुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको  लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here