• तितीक्षु

पछिल्ला केही वर्षदेखि सामाजिक जीवनमा केही पृथक र भिन्न रङ्गहरू पोतिएको प्रतीत भइरहेको छ । कुनै पनि सभा, समारोह होस्, सङ्घ–संस्थाका कार्यक्रम होस् वा राजनीतिक दलविशेषद्वारा आयोजित सार्वजनिक कार्यक्रमहरूमा पुष्पगुच्छा र दुर्ई/चार जनालाई दोसल्ला ओढाउने कार्य प्रायः नियमित सूचीमैं परेको देखिन्छ । मानौं यदि कुनै सङ्घ–संस्था वा राजनीतिक दलविशेषले आफ्नो कार्यक्रममा अतिथिहरूलाई पुष्पगुच्छाले स्वागत गरेन र केही स्वनामधन्य व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मान गरेन भने त्यस कार्यक्रमको खासै चर्चा नहुने मात्र नभई सम्बन्धित अतिथिहरूबाट पनि त्यस सङ्घ–संस्थाले आयोजना गरेको कार्यक्रम खासै आकर्षक र स्तरीय नरहेको टिप्पणी चियापसल र शहरका कफी कर्नरमा सुन्न पाइन्छ । यस पङ्क्तिकारलाई कुनै दिन बजारका पसलमा गएर सोध्न मन लाग्छ कि आजभोलि दोसल्ला सस्तो भएको हो ? सामान्यतया आयोजना हुने विभिन्न प्रकृतिका कार्यक्रमहरूको आआप्mनै महŒव र उपादेयता रहेको हुन्छ । त्यस सभा, समारोहले समाजलाई सम्बन्धित विषयबारे, सभाको गरिमा र त्यस सभा, गोष्ठी, छलफलमा अतिथिको पगरी गुँथेर आएकाहरू वर्तमान सामाजिक अवस्था, राष्ट्रिय जीवनका विभिन्न पक्षबारे आआप्mनो धारणा राख्ने र समाजलाई अग्रगति प्रदान गर्न आफ्नो भूमिका रहेको बखान गर्छन् । यो आफैंमा असल अभ्यास हो र यस्ता कर्मले सामाजिक रूपान्तरणका क्षेत्रमा मात्र नभई जीवनका हरेक पाटोमा सुधारात्मक सन्देशका साथ मानिसलाई जीवन्त र गतिशील बनाउने काममा थप सहयोग पुग्छ । समाज, देश कता गइरहेको छ ? समाजको भूमिका कसरी रेखाङ्कित हुँदैछ ? देश–परदेशका सञ्चालक, अगुवाहरू के गरिरहेका छन् ? बुझ्ने सशक्त र सार्थक माध्यम पनि हो– संवाद, गोष्ठी र अन्तरसंवाद । यस किसिमको सर्वाधिक चासो र गहनतम समारोहलाई पुष्पगुच्छा र दोसल्लामार्पmत हलुको किन बनाउने ?

पुष्पगुच्छा किन ?

हाम्रो परम्परागत जीवनशैलीका अतीतमा गएर हेर्ने हो भने हामीकहाँ आउने अतिथि, पाहुना वा अभ्यागत जेसुकै नाम दिउँ, बडो विनम्र भावले स्वागत, अभिवादन गर्ने प्रचलन रहिआएको थियो । अतिथिको ओहदा अनुसार दुई हात जोडेर नमन गर्ने हो कि, शिर निहुर्याएर नमन गर्ने वा पाउमा दण्डवत् गर्ने तदनुरूप कार्य जसका घरमा पाहुना आएका हुन्छन्, त्यस घरका सदस्यहरूले गर्ने गर्छन् । जुन वर्षौंदेखि चलिआएको परम्परा हो । त्यसैगरी, केही वर्षअघि विभिन्न सामाजिक सङ्घ–संस्था वा राजनीतिक दलले, ती सङ्घ–संस्था र राजनीतिक दलहरूका कार्यक्रममा पनि पुष्पगुच्छा र बुके प्रयोग गरेको विरलै देखिने गथ्र्यो र दोसल्ला ओढाएर सम्मान गर्ने प्रचलन त अत्यन्तै न्यून हुन्थ्यो । दोसल्ला ओढाएर सम्मान गर्ने कुरा गहन विमर्श, छलफलपश्चात् ती व्यक्तिको समाजमा योगदान के छ ? छ भने त्यस योगदानले सामाजिक मूल्य–मान्यता र सामाजिक रूपान्तरणका क्षेत्रमा के कस्तो महत्व राखेको छ वा त्यसको उपयोगिता कति थियो, त्यसका आधारमा गरिन्थ्यो । अन्यथा नमस्कार, अभिवादन गरेर स्वागत गरिन्थ्यो । यथार्थमा त्यो परिपाटी नै उपयुक्त थियो कि जस्तो लाग्छ । आत्मीय भाव, विनम्र भएर गरिने स्वागत, सम्मान र सत्कार महँगो पुष्पगुच्छाभन्दा धेरै गुणा ठूलो हुन्छ, महत्वपूर्ण हुन्छ । स्वागत र सम्मान भावनाले परिभाषित हुने हो, साधनले होइन, साधना व्याख्या गर्ने विषय हो । सँगसँगै हाम्रो विनयशीलता र विचारको ओजले निर्धारण गर्ने हो ।

अचम्म र आश्चर्यलाग्दो विषय त के छ भने समाज सुधारकको परिचय बनाएका व्यक्तिहरू जो फजुल खर्च हुनुहुँदैन वा गर्नुहुँदैन भनेर सार्वजनिकसभामा धारणा व्यक्त गरिरहेका हुन्छन्, तिनै व्यक्तिको नेतृत्वमा हुने सभा, समारोहको आयोजनामा प्रचुर मात्रामा पुष्पगुच्छा र बुके प्रयोग भइरहेका हुन्छन् । समाज सुधारक, अगुवा भएका कारण उनको नेतृत्वमा हुने सभा–समारोहमा दोसल्ला नहोस्, यो त उनको व्यक्तित्वको बर्खिलाप हुने भो । यसर्थ आफ्नो आयोजनामा हुने कार्यक्रममा जति बढी फूल, पुष्पगुच्छा राख्न सकियो, त्यति बढी सभाको महत्व बढ्ने हास्यास्पद सोचबाट पोषित छौं हामी । हो एकथरी सामाजिक अगुवाहरूलाई लागिरहेको होला हामीलाई समाजले सहर्ष स्वीकारेको छ । हाम्रो मूल्य–मान्यता नै सार्वभौम मूल्य–मान्यताको रूपमा स्थापित भइरहेको छ । तर एउटा महत्वपूर्ण र विचारणीय कुरा के छ भने समाज भनेको तपाईंले आप्mनो निहित स्वार्थमा परिचालन गर्ने समूह होइन । समाजको विराट् स्वरूप छ, समाज केही व्यक्तिका अघिपछि जयजयकार गरेर हिंड्ने जमात होइन, यो आफैंमा बृहत् न्यायालय हो, जसले धीर, गम्भीररूपले न्याय र अन्याय, सही र गलत, असल र कमसल छुट्याएर निर्णय गर्ने गर्छ । तसर्थ फगत आडम्बरको रामनामी ओढ्न छाड्नुस् । वास्तविक जीवनमा बाँच्ने अभ्यास गर्नु नै जीवनको सार र लक्ष्य हो । उत्कृष्ट स्वागत–अभिवादन पुष्पगुच्छाबाट होइन, हाम्रो शील, स्वभाव र विनम्रताबाट परिभाषित हुन्छ, हाम्रो वैयक्तिक वा संस्थाको शुद्धता, निष्ठापूर्र्ण संस्थागत चरित्रबाट व्याख्या हुने गर्छ, सँगसँगै सभा–समारोहमा हुने बृहत् वैचारिक विमर्श, चिन्तन र सामाजिक रूपान्तरणका लागि, राष्ट्रिय विकासका लागि हाम्रो योगदान र भूमिका कसरी खर्चिंदै छ, त्यस तत्वले निर्धारण गरिरहेको हुन्छ । पुष्पगुच्छा नदिनुस्, दोसल्ला नओढाउनुस् भन्न खोजेको होइन तर जुन परिमाणमा फूल, बुके खर्चिने गरेको छ, त्यसको महत्व र उपादेयता कति छ, कुन परिमाणमा छ, त्यसको सार्थक मिमांसा गर्ने कि ? भन्ने अभिप्राय मात्र राख्न खोजिएको हो ।

सामाजिक जीवन, राजनीतिक जीवनमा होस् वा व्यक्तिको जीवनको समग्र कालखण्डमा, जोसुकै व्यक्ति प्रसिद्धि, सम्पन्नता, सफलता चाहन्छ । यो नितान्त स्वाभाविक हो । यो मानिसको अभीप्सा हो । आज विभिन्न सामाजिक परम्पराहरूमध्ये एउटा अभिन्न र अनिवार्य शर्तको रूपमा सभा–समारोहमा कसैलाई दोसल्ला ओढाउनु, ठूलो पुष्पगुच्छा दिनुजस्ता कार्य प्रायः नगरभित्र हुने गोष्ठी, छलफल संस्थाको वार्षिक समारोहमा देख्न सकिन्छ । पङ्क्तिकार यस प्रचलन र परम्पराको विरोधी होइन, तर जिज्ञासावश केही भन्न मन लागेको र समाजलाई सोध्न मन लागेको कुरा के मात्र हो भने हामी जसलाई दोसल्ला ओढाइरहेका छौं, के वास्तवमा ऊ यसको हकदार छ ?

अहिले त दोसल्ला ओढाउने कार्य यति व्यापक भएको छ कि त्यसको विपक्षमा कसैले पनि टिप्पणी गर्यो भने अपाच्य र अस्वीकृत हुन्छ । दुःख लाग्छ, दोसल्लालाई हामीले यति हल्का बनाउन थाल्यौं कि विनाऔचित्य जोसुकैलाई ओढाउन प्रारम्भ गर्यो । वीरगंजमा ‘रामलालजीको पसल’मा पाइने पाँच सय पर्ने कपडाको टुकडा हो जस्तो शैलीमा दोसल्ला किन्ने र ओढाउने कार्य भइरहेको देखिन्छ । हुनत वीरगंज मात्रै किन, अन्य शहरहरूको हालत पनि पृथक छैन । सबैतिर दोसल्ला र पुष्पगुच्छा सस्तिंदै छ ।

प्रसङ्ग के मात्र हो भने यस्ता अशोभनीय घटना र कृत्य जुन आयतनमा फैलिरहेको छ, यो रोकिनेवाला छैन, यसको अझ विस्तार हुनेवाला छ । दोसल्ला पाउने, ओढ्ने वा वरण गर्ने क्षमताको मापदण्ड उसको निरन्तर राजनीतिक निष्ठामा निर्भर हुनुपर्छ, सामाजिक जीवनमा उसले गरेको उत्कृष्ट सेवाभावको मूल्याङ्कनमा आधारित हुनुपर्छ र सद्चरित्रता, विनयशीलता, सहिष्णुता, सौहार्दताको घनत्वमा भर पर्ने हुनुपर्छ । यदि स्वभाव, विचार र आचारमा निरन्तरता र निष्ठा छैन भने त्यो व्यक्ति दोसल्ला ओढ्ने ओढाउने काबिल छैन । सम्मानको पात्र पनि होइन । दुर्भाग्यवश आज नेपालमा बेसाहा महँगो छ, परन्तु दोसल्ला नितान्त सस्तो हुँदै जाँदैछ । आदर कदर भन्ने शब्द खिइँदै छ, दुब्लाउँदो छ ।

आफ्नो निष्ठाको निरन्तरताको सहाराले यदि कुनै व्यक्ति सफलताको उच्च शिखरमा पुग्न समर्थ भएको छ भने निश्चय पनि ऊ सम्मानको पात्र हो, त्यस्तो सम्मान प्रदर्शनको परिपाटी हामीले बसाल्नुपर्छ, जुनसुकै क्षेत्रमा पनि जसले विशिष्टता प्राप्त गरेको छ, ऊ आदर एवं कदरको उपयुक्त पात्र हुन्छ । त्यता हाम्रो नजर गएको छैन । निष्ठापूर्वक सम्पन्न गरिएको जागीर होस्, खेलाडी, पत्रकार होस्, किसान वा मजदूर होस्, शिक्षक होस् कि सरसफाइ गर्ने व्यक्ति होस्, यी व्यक्ति सम्मानका दोसल्ला ओढ्ने हकदार हुन्, पुष्पगुच्छाका हकदार हुन् ।

तर प्रशस्ती र प्रशंसाको पगरी बलजफ्ती भिराउने जुन प्रचलन बढिरहेको छ, यसले सामाजिक रूपान्तरणका क्षेत्रमा कुनै योगदान पुर्याउने त कुरै भएन, समाजलाई नै हास्यास्पद बनाउँछ । त्यस्तोमा विगतका देनको कदर गर्नुपर्छ । तर त्यति पनि होइन जति आप्mनो संस्थागत स्वार्थपूर्तिका लागि गर्ने गरिन्छ । दोसल्लालाई महँगो बनाऔं, सस्तो होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here