प्रस, वीरगंज १३ असार/

वीरगंज महानगरपालिकाको आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिले ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि तयार गर्न कार्यदल गठन गरेको जनाएको छ ।

आम सञ्चार ऐन २०७८ तथा वीरगंज महानगरपालिकाको १२ औं नगरसभाले ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्ने नीति अवलम्बन गरेको र सो अनुरूप कार्यविधि तयार गर्न रामनारायण कुर्मी, नवराज फुँयाल, आबिद हुसेन, माधुरी महतो र कानून अधिकृत ईश्वर बराल सदस्य रहेको पाँच सदस्यीय कार्यदल गठन गरिएको समितिका संयोजक धुव अधिकारीले बताए । त्यसैगरी बैैठकले वीरगंज महानगरपालिकाको टेन्डर, विज्ञापनलगायत सूचना राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरूबाट प्रकाशन–प्रसारण गराउन दर रेटमा विविधता पाइएको हुँदा सो कार्यमा पनि एकरूपता ल्याउन दर रेट निर्धारण कार्यदल गठन गरेको संयोजक अधिकारीले बताए ।   मनोज पटेल, मुस्कान श्रेष्ठ र अमित अग्रवाल सदस्य रहेको तीन सदस्यीय दर रेट निर्धारण कार्यदल गठन गरिएको र सो कार्यदललाई एक साताभित्र प्रतिवेदन पेश गर्ने समयसीमा निर्धारण गरिएको संयोजक अधिकारीले बताए ।

आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समिति वीरगंज महानगरपालिकाका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा नगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुँयाल, समितिका सदस्यहरू रामनारायण कुर्मी, अमित अग्रवाल, आबिद हुसेन, मनोज पटेल, मुस्कान श्रेष्ठ, माधुरी महतो, वीरगंज महानगरपालिकाका प्रशासन प्रमुख राज ताम्रकार, सूचना तथा प्रसारण शाखा प्रमुख शम्भु कुशवाहालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here