प्रस, वीरगंज, २ असार/
बढ्दै गइरहेको गर्मी कम नभएपछि वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयलाई थप तीन दिनका लागि बिदा दिएको छ ।
यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै जेठ १९ देखि २६ गतेसम्म र त्यसपछि जेठ २८ देखि असार १ गतेसम्मका लागि बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको थियो । तर यसबीच पनि गर्मी कम नभएपछि शुक्रवार सूचना जारी गरेर वीरगंज महानगरपालिकाले महानगरका सबै सामुदायिक विद्यालय थप तीन दिन अर्थात् ५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
तापक्रम घट्नुको सट्टा झन् बढ्दो अवस्थामा रहेकाले वर्षे बिदामा कट्टा हुनेगरी थप तीन दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतले जारी गरेको सूचनामा उल्लेख छ ।
संस्थागत विद्यालय भने आइतवारदेखि खुल्नेछन् । ५ गते म·लवार गहवामाई (माईस्थान मन्दिर) रथयात्रा रहेकोले एक दिनका लागि संस्थागत विद्यालय पनि बन्द रहनेछन् । पर्सा, बारालगायत मध्यतराईका जिल्लाहरूमा पछिल्लो तीन सातायता गर्मी अत्यधिक बढिरहेको छ ।
बलिराम शुक्ल, बिरुवागुठी/
अत्यधिक गर्मी बढेस“गै पर्सागढी नगरपालिका अन्तर्गतका विद्यालयहरूको बिदा थप गरिएको छ ।
नगरपालिका कार्यालयले सूचना निकाली अत्यधिक गर्मी बढेको हुनाले आइतवारदेखि म·लवारसम्मको लागि थप तीन दिन सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न भनेको छ ।
अत्यधिक गर्मी बढेस“गै पालिकाले जेठ २१ देखि ३० गतेसम्म विद्यालयहरूान गर्मी बिदा दिएको थियो । जेठ ३१ गतेदेखि पठनपाठन शुरू भएको सामुदायिक तथा संस्थागत विद्यालयहरू भोलिदेखि पुनः तीन दिनका लागि बन्द गरिएका छन् ।