प्रस, वीरगंज, २ असार/
गण्डक नहरको सरकारी जग्गा अतिक्रमण गरी पसल, घरटहरा बनाउने क्रम बढ्दैछ । पर्साको जानकीटोला, प्रसौनीचोक, महुवन, डोकैला बहुअरी, जगरनाथपुर, वीरगंजको गण्डक, परसौनीको गण्डक, फेटा, महागढीमाई, पचरौता, सुवर्ण, सिम्रौनगढलगायत पालिकामा पर्सादेखि रौतहटसम्म गण्डक नहरको डिलमा जग्गा अतिक्रमण गरी पसल, घरटहरा बनाउने क्रम बढ्दै गएको गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजले जनाएको छ ।

सूचना अधिकारी सुरेश साहले सिम्रौनगढ नपा–९ कचोर्वाको बसवरियामा छवटा घर नहरको पिलर ढालेर निर्माण गरिएको र सो अतिक्रमण मुक्त गराउन खोज्दा निर्वाचित जनप्रतिनिधि, वडाध्यक्षले नै जग्गा खाली गर्न सहयोग नगरेको कार्यालयले आरोप लगाएको छ ।

आउ“दो साउनदेखि पर्सा, बारा, रौतहटको क्षेत्रमा पर्ने यी पालिकाका जनप्रतिनिधिहरूको भेला राखेर नहरको डिल खाली गराउने कार्यमा स्थानीय जनप्रतिनिधिको सहयोग गर्न–गराउन निर्णय गर्नेबारे छलफल कार्यक्रम राख्ने र छलफलमा भएको निर्णय अनुसार खाली गराउने अभियान अगाडि बढाउने कार्यालयको तयारी रहेको बताए ।

पर्सादेखि रौतहटसम्म नहरको जग्गामा मात्रै एक हजारभन्दा बढी पसल, घरटहरालगायत निर्माण भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here