ओमप्रकाश चौधरी, सेढवा, २ असार/
पर्साका ग्रामीण बासिन्दा अहिलेसम्म पूर्ण स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन् । यस क्षेत्रमा सुरक्षित गर्भपतन सेवा पाउन कठिन देखिएको छ । गर्भधारण भएको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था रहे पनि यो सेवा उपलब्ध नरहेको स्थानीयले जनाएका छन् । जसका कारण सुरक्षित गर्भपतन गर्न वीरगंजस्थित मेरी स्टोप्स पुग्नुपर्ने स्थानीयले बताए । यसका साथै नारायणी अस्पताल, वीरगंज र विभिन्न निजी अस्पतालमा यो सेवा शुल्क तिरेर लिनुपर्छ । जिल्लाका ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, छिपहरमाई, धोबिनी गाउ“पालिकामा दर्जनौं स्वास्थ्य संस्था रहे पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध नरहेको सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखले बताए । गर्भपतनसम्बन्धी तालीम प्राप्त स्वास्थ्यकर्मीहरू नभएका कारण सेवा सञ्चालन हुन नसकेको यस क्ष्ँेत्रका स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

ठोरी गाउ“पालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश थिङका अनुसार सुरक्षित गर्वपतनसम्बन्धी दक्ष जनशक्ति नभएका कारण सेवा सञ्चालन हुन नसकेको हो । सुरक्षित गर्भपतनसम्बन्धी तालीमका लागि प्रदेश स्वास्थ्य तालीम केन्द्रमा माग गरिएको थिङले बताए ।
जीराभवानी गाउ“पालिका–२ का सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादका अनुसार पा“च वर्ष पहिले सेवा दिने गरिएको थियो । तर विज्ञ कर्मचारी सरुवा भएर गएपछि सेवा बन्द रहेको उनले बताए ।

पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश सोलेन्द्र मिश्रका अनुसार नगर क्षेत्रभित्रका लागि पोखरिया अस्पतालमा मेडिकल र सर्जिकल दुवै गर्भपतन सेवा सञ्चालनमा छ । यहा“ मासिक ५५ देखि ६५ जनाले सुरक्षित गर्भपतन गराउने गरेको शाखा प्रमुख मिश्रले बताए । नगरपालिकाबाहेक ग्रामीण भेगका अन्य क्षेत्रबाट सेवाग्राही आउने गरेका स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए । यस क्षेत्रमा सेवा सञ्चालन नहु“दा सीमावर्ती भारतीय बजार इनर्वा, भङहा, मैनाटाड र सिकटा बजारमा जोखिमपूर्ण सेवा लिन जानुपर्ने बाध्यता रहेको छ । जोखिमपूर्ण उपचार गराउ“दा कतिपय महिलाको मृत्युसमेत भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here