प्रस, परवानीपुर, २ असार/
अल्पाइन हस्पिटल सिमराको आयोजनामा शनिवार निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अस्पताल परिसरमा आयोजित शिविरमा सयौं बिरामीको सहभागिता थियो । शिविरमा चिकित्सकको ओपिडी शुल्क एवं मधुमेह रोग निश्शुल्करूपमा जा“च भएको थियो । कोभिड महामारीपछि पर्सा÷बाराका ग्रामीण भेगका जनतास“ग चिकित्सकलाई तिर्ने रकमसमेत नभएको अभावमा केही बिरामीले उपचार नपाएको गुनासो आएपछि अस्पतालले शिविर आयोजना गरेको जनाएको छ । हार्ट फाउन्डेशन बारा र लायन्स क्लब अफ वीरगंजको सहयोगमा आयोजना भएको शिविरमा वीरगंज, सिमरा, हेटौंडा, काठमाडौंका गरी करीब १७ जना विशेषज्ञ चिकित्सकले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेको अस्पतालका चिकित्सक प्रकाश साहले बताए । शिविरमा फिजिसियन, सर्जन, हाडजोर्नी, स्त्रीरोग, मुटुरोग, बाथरोग, मानसिक रोगलगायत रोगका विशेषज्ञहरूको सहभागिता रहेको अस्पतालका सञ्चालक शिव शर्माले बताए । अस्पतालले एक महीनासम्म निश्शुल्क ओपिडी सेवा दिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here