प्रस, निजगढ, ३२ जेठ/
प्रतिबन्धित लागूऔषध गाँजासहित निजगढ प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत निजगढ सडकखण्डको दु्रतमार्ग आसपासमा इलाका प्रहरी कार्यालय, निजगढको टोलीले नारायणघाटबाट विराटनगरतर्फ जाँदै गरेको बा.५ख २८६० नम्बरको यात्रुवाहक बस मङ्गलवार बिहान करीब ८ः३० बजे चेकजाँच गर्दा १० किलोग्राम गाँजा फेला परेको इप्रका, निजगढका प्रहरी निरीक्ष्Fक घनश्याम श्रेष्ठले बताए।
सो बसमा सवार सर्लाही विष्णु गाउँपालिका–३ बस्ने ४९ वर्षीय वीरेन्द्र चौधरीले आफू बसेको बसको सिटमुनि झोलामा गाँजा राखेका थिए। उक्त गाँजा बसबाट फेला परेसँगै सोही बसका चालक चितवन, भरतपुर महानगरपालिका–१२ बस्ने ४३ वर्षीय गिरबहादुर विक र सहचालक महोत्तरी बर्दिबास नगरपालिका–९ बस्ने ४० वर्षीय रामप्रकाश साहलाई समेत नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।