सिड्नी, ३२ जेठ/एएफपी
एकजना अस्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन्।
बिहीवारको संसद् बैठकमा रुँदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन टिप्पणी’ भएको, भ–याङमा भाग्नै नसकिने परिस्थिति सिर्जना गरिएको केही ‘शक्तिशाली पुरुष’द्वारा ‘गलत नियतले छोइएको र प्रस्ताव’ गरिएको दाबी गरेकी छन्।
लिबरल पार्टीका सांसद डेभिड भानले आफूमाथि यौन दुव्र्यवहार गरेको पीडित थोर्पेको आरोप छ। डेभिडलाई उनको दलले निलम्बन गरेको छ। उनले आफूमाथि आधारहीन आरोप लगाइएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबाट आफू चकित भएको उनले उल्लेख गरेका छन्।
जब भान अस्ट्रेलियाको गम्भीर मानहानि कानूनबाट सुरक्षित थिए, थोर्पेले भनिन् कि भानले यस मामिलामा वकीलहरूलाई संलग्न गराएका थिए र उनले संसदीय नियमहरू नेभिगेट गर्न आफ्नो मुद्दा पुनः दोहो–याउनुपरेको थियो।
आफूमाथि भएको यौन आक्रमण भएकोबारे बताउँदै पीडितले आफू सदनबाट बाहिरिने बेलामा सधैं सर्वप्रथम सुस्तरी ढोकाबाट हेर्ने, भ–याङ र वरपर कोही पुरुष नभएको निक्र्याेल गरेर मात्र हिंड्नुपर्ने परिस्थिति उत्पन्न भएकाले संसद् भवन नै महिलाका निम्ति असुरक्षित रहेको गुनासो गरिन्। संसद्बाट एक्लै बाहिरिन नसकिने उनको कथन थियो। आफूले भोग्नुपरेको दुव्र्यवहारको शिकार अन्य महिला सांसद पनि भएका तर उनीहरूले आफ्नो ‘करिअर’लाई महत्व दिएकाले त्यसलाई गौण राखेका उनले बताइन्।
सन् २०२१ देखि अस्ट्रेलियाको राजनीति र संसद् यौन हमला र उत्पीडनका ‘हाई प्रोफाइल’ काण्डबाट प्रभावित भएका छन्। त्यस बेलाकी पूर्वराजनीतिक सहयोगी ब्रिटनी हिगिन्सले कन्जरभेटिभ पार्टीका एकजना कर्मचारीले अत्यधिक मदिरा पिएपछि क्याबिनेट मन्त्रीको संसदीय कार्यालयको सोफामा बलात्कार गरेको आरोप लगाएकी थिइन्।
अस्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसाका शिकार भएका पुष्टि गरेको थियो। अनुसन्धान अनुसार हरेक तीनजनामध्ये एकजनाले यौन दुव्र्यवहार झेल्नुपरेको थियो, जसमा ६३ प्रतिशत महिला सांसद कुनै न कुनै रूपमा यौन हिंसाको शिकार भएका थिए। रासस