प्रस, वीरगंज, ३२ जेठ/

जिल्ला प्रशासन कार्यालय, पर्सामा किरण आँखा अस्पतालको आयोजनामा ५५ जनाको आँखा परीक्षण गरिएको छ। विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार जागरूकता दिवसको अवसरमा आयोजित शिविरमा किरण आँखा अस्पतालका दृष्टि विशेषज्ञ ज्योति साहलगायतले आँखा परीक्ष्Fण गरेका थिए। प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले आँखा परीक्षण गरी शिविरको उद्घाटन गरेका थिए।

शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, शिवप्रसाद लम्साल, प्रहरी उपरीक्षक कोमल शाह, प्रशासकीय अधिकृत विनय श्रीवास्तव, रेखा कुमारी, बालगोध ठाकुर, सशस्त्र प्रहरी नायब निरीक्षक कमलेश पुरी, पत्रकार तुलसी भण्डारी, शिवशङ्कर साहलगायतले आँखा परीक्षण गराएका थिए।

शिविरमा आँखामा समस्या भएकाहरूलाई निश्शुल्क औषधिसमेत वितरण गरिएको थियो।

यसैगरी ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक आँखा हस्पिटलको संयुक्त आयोजनामा विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार जागरूकता दिवसको अवसरमा निश्शुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ।

केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी चौकी आदर्शनगरका प्रहरी नायब निरीक्ष्Fक सत्यप्रकाश त्रिपाठी, सामुदायिक आँखा अस्पतालका महेशसिंह धामी, वीरगंज महानगरका सरसफाइ अधिकृत सरफुद्दीन मियाँ, केन्द्रका सचिव मुरली जालान, प्रभात चौरसिया, वसन्तप्रसाद उपाध्याय, रतन टेमानीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here