प्रस, वीरगंज, १८ जेठ/

ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको पहलमा आदर्शनगर क्षेत्रका विद्युत् पोलबाट अनावश्यक तार हटाइएको छ । ग्रीन सिटीले बिहीवार एक दिनमा एक हजार किलो अनावश्यक तार हटाएको अध्यक्ष प्रकाश खेतानले बताए ।

विद्युत् पोलमा, खासगरी इन्टरनेटको काम नलाग्ने तारहरू जथाभावी राख्नाले आगलागीका घटना भइरहेको कारण तार हटाएको अध्यक्ष खेतानले बताए ।

तीन दिन अघि मात्र आदर्शनगर क्षेत्रमा तारबाट आगलागी हुँदा एउटा घरमा क्षति पुगेको थियो ।

आदर्शनगर क्षेत्रमा टेलिफोन, इन्टरनेट र विद्युत्का तारले पोलहरू गञ्जागोल अवस्थामा छ । विभिन्न चरणमा ग्रीन सिटी, महानगरपालिकाले सो क्षेत्रमा तारहरू हटाउने कार्य गर्दै आएको छ ।

महानगरले इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई अनावश्यक तार हटाउन पटक–पटक आग्रह गर्दै आएको छ तर इन्टरनेट सेवा प्रदायक संस्थाहरूले भने तार जडान गर्ने र अनावश्यक तार नहटाउँदा आदर्शनगरमा पोलहरूमा तारको जञ्जाल बन्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here