नयाँ दिल्ली, १३ जेठ/एएनआई
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकबाट प्रास्त स्नेह र सद्भावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्रान्त भएको बताएका छन् । भारतको प्रधानमन्त्रीका रूपमा आफ्नो नौ वर्ष पूरा भएको अवसरमा उनले जनताबाट प्राप्त प्रतिक्रियाप्रति कृतज्ञता व्यक्त गर्दै त्यसो भनेका हुन् ।
बिहानैदेखि हाम्रो सरकारबारे गरिएको प्रशंसा आफ्ना लागि स्नेह भएको र त्यसले आफूलाई ऊर्जा दिएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले यही जेठ १६ गते दुई कार्यकालको नौ वर्ष पूरा गर्दैछ ।
यस अवसरमा भारतीय जनता पार्टीले सोही दिनदेखि एक महीनासम्म देशभर ५० स्थानमा विशेष सभा एवं ¥याली गर्नेछ । केही कार्यक्रमलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।
भारतीय जनता पार्टीका अनुसार ती सभा तथा ¥याली आगामीे लोकसभा चुनावको तयारीमा केन्द्रित हुनेछन् । लोकसभा निर्वाचन करीब एक वर्षपछि हुँदैछ । सबैभन्दा ठूलो ¥याली राजस्थानको अजमेरमा हुनेछ जसलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।
विशेष सभा र ¥यालीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य शीर्ष नेता सहभागी हुनेछन् । नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा पहिलोपटक प्रधानमन्त्रीको शपथ लिएका थिए भने उनले सन् २०१९ को मे ३० मा दोस्रो कार्यकालको शपथ लिएर भारतको सरकार प्रमुखका रूपमा शासन सञ्चालन गरेका थिए । रासस