प्रस, वीरगंज, ७ जेठ/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको आयोजना तथा सामुदायिक सेवा केन्द्र, विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा वीरगंज महानगरपालिकामा यही जेठ १ गतेदेखि शुरू भएको सडक सुरक्षा सप्ताह आइतवार समापन भएको छ ।

साताको अन्तिम दिन आज सडक दुर्घटनामा परेर ज्यान गुमाएका मृतात्माको चिरशान्तिको लागि घण्टाघर चोकमा मैनबत्ती बालेर, एक मिनट मौन धारण गरी सप्ताह समापन गरिएको ट्राफिक प्रहरी निरीक्षक मणिराम थापाले बताए ।

उनले समापन कार्यक्रममा सडक सुरक्षा सप्ताह मात्र मनाएर ट्राफिक सुधार, सचेतना सम्भव नभएको भन्दै यस प्रकारका कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए । उनले सबैको सहकार्य रहेको खण्डमा सप्ताह मनाउन आगामी दिनमा पनि ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिन तयार रहेको
बताए । उनले अधिकांश सवारी दुर्घटना युवाहरूबाट हुने गरेकाले उनीहरूलाई लक्षित गरेर सचेतना कार्यक्रम अगाडि ल्याउनुपर्ने बताए । उनले युवाहरू ट्राफिक नियमप्रति सचेत हुने हो भने दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here