प्रस, सिम्रौनगढ, ३० वैशाख/
सिम्रौनगढ र अमृतगंजस्थित प्रसिद्ध रानीवास रामजानकी मन्दिरका पुजारी निमित्त महन्त अनिरुद्ध मिश्रलाई प्रहरीले दलितसँग दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेको छ ।
उनले तातो भातको माड सिम्रFैनगढ–२ निवासी परशुराम हजराको छोरा अनमोल हजरामाथि फ्याँकेका थिए ।
तातो माडले पासवान घाइते भएका र उनको वीरगंजमा उपचार भइरहेको छ । पासवान मन्दिर परिसरमा घुमफिर गर्दै भान्साकोठामा प्रवेश गरेपछि निमित्त महन्त मिश्र आक्रोशित हुँदै उनीमाथि तातो माड फ्याँकेका थिए ।
पक्राउ परेका पुजारी मिश्रले पासवान गाँजा खानको लागि चुलोमा आएका र उनलाई डराउनको लागि माड फ्याँकेको तर भूलवश उनीमाथि नै परेको बताए ।
निमित्त महन्त मिश्रले आफूले नियतवश सो कार्य नगरेको र भूलवश भएको प्रहरीसमक्ष बयान दिएका छन् ।
पासवानले भने मन्दिर घुम्ने क्रममा भूलवश भान्सामा प्रवेश गरेको र आफूलाई पुजारीले नानाथरीका गाली गरेर तातो माड फ्याँकेको बयान दिएका छन् ।