नितेश कर्ण, वीरगंज, २८ वैशाख/
वीरगंजमा सञ्चालित संस्थागत (निजी) विद्यालयहरूका सवारीसाधनमा एकरूपता हुन छाडेको छ ।
वीरगंज महानगरले संस्थागत विद्यालयहरूको विद्यार्थी ढुवानी गर्ने सवारीसाधन पहेंलो रङ्गको हुनुपर्ने मापदण्ड तोकेको छ तर अहिले केही संस्थागत विद्यालयहरूले सिटीराइड, निजी भ्यान, ईरिक्शासमेतमा विद्यार्थीहरूलाई ढुवानी गर्दै आएका छन् ।
सवारीसाधनमा एकरूपता ल्याउनुको अर्थ सबैले स्कूल बस हो भनेर बुझून् भनेर महानगरको अभिप्राय रहेको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।
उनले महानगरको मापदण्डविपरीत स्कूल बस सञ्चालन गर्नेहरूलाई ट्राफिकमार्फत कारबाइ गर्ने बताए । उनले यसबारे आफूले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको ध्यानाकर्षण गराएको बताएका छन् ।