प्रस, परवानीपुर, २८ वैशाख/

रघुवीर राम मेमोरियल ट्रस्टले सामूहिक विवाह महोत्सव सम्पन्न गरेको छ ।

बारा, परवानीपुर गाउँपालिका–५ बहुअरीमा आयोजित सामूहिक विवाह महोत्सवमा पर्सा, बारा, रौतहट र बिहारका गरी ११ वटा जोडीको विवाह गराइएको हो ।

ट्रस्टका अध्यक्ष शशिरञ्जन कलवारका अनुसार उनको परिवार ठाकुर राम बहुमुखी क्याम्पसको जग्गादाता तथा त्रिजुद्ध, त्रिभुवन, माईस्थानलगायतका विद्यालयका पनि दाता रहेको तर आफूहरू सामाजिक सेवा अन्तर्गत रीतपूर्वक सामूहिक विवाह गराएर सामाजिक सेवा गर्न खोजेका हौं ।

सामूहिक विवाहमा केटाकेटी पक्षले बिहेमा चाहिने गहना, कपडा र जन्ती जानको लागि सवारीसाधनको जोहो गर्नुपर्छ भने विवाहमा लाग्ने पूजा सामग्री,  पण्डितको दक्षिणा, भोज तथा बिदाइ गर्दा बेहुलीलाई दिइने कपडा सबै खर्च ट्रस्टले नै बेहोरेको छ । सामूहिक विवाह महोत्सवमा करीब १५ लाख खर्च भएको ट्रस्टका अध्यक्ष कलवारले बताए ।

समाजमा विद्यमान दाइजोप्रथा र बालविवाह अन्त्य गर्नका लागि कानूनी मापदण्ड पूरा गर्दै युवायुवतीहरूको सामूहिक विवाह सम्पन्न गरेको र यो सिलसिला आगामी दिनमा पनि मध्यतराईका जिल्लामा चलिरहने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here