• राजेन्द्रप्रसाद कोइराला

फ्रेडरिक निच्छेको अङ्ग्रेजी उद्धरण “Thus strength is afforded by good and thorough customs, thus is learnt the subjection of the individual, and strenuousness of character becomes a birth gift and afterwards is fostered as a habit.

व्यक्तित्व ल्याटिन शब्द ‘पर्साेना’बाट व्युत्पन्न भएको हो । ‘व्यक्तित्व’ शब्द पहिलोपटक ग्रीकमा नाटकीय मास्कको अर्थको लागि प्रयोग भएको थियो, जुन ग्रीक अभिनेताहरूले अभिनयको लागि स्टेजमा आउनुअघि आफ्नो अनुहारमा लगाउन प्रयोग गर्थे । यस अर्थमा ती दिनहरूमा व्यक्तित्व भनेको व्यक्तिको बाह्य रूप थियो । आज व्यक्तित्व शब्द विभिन्न तरीकामा व्याख्या गरिएको छ । मोर्टन प्रिन्सका अनुसार, “व्यक्तित्व भनेको व्यक्तिको मनोवैज्ञानिक प्रणालीका सबै जैविक जन्मजात स्वभाव, आवेग, प्रवृत्ति, भोक र प्रवृत्तिको कुल योग हो, जसले उसको र उनको वातावरणमा उसको अद्वितीय समायोजन निर्धारण गर्छ ।” व्यक्तित्व भनेको व्यक्तिभित्रको गतिशील सङ्गठन हो ।

हेली विलियमका अनुसार ‘व्यक्तित्व’ वातावरणमा विशेषगरी सामाजिक वातावरणमा बानी समायोजनको एकीकृत प्रणालीको रूपमा लिइनुपर्छ ।

व्यक्तित्व– व्यवहार, भावना, प्रेरणा, र विचार ढाँचाहरूको संयोजन हो, जसले व्यक्तिलाई परिभाषित गर्छ । व्यक्तित्व मनोविज्ञानले विभिन्न व्यक्ति र समूहहबीच यी ढाँचाहरूमा समानता र भिन्नताहरू अध्ययन गर्ने प्रयास गर्छ । व्यक्तित्व भनेको व्यक्तिको बानी, विशेषता, मनोवृत्ति र विचारहरूको एक नमूना शरीर हो किनकि यी भूमिका र स्थितिहरूमा बाह्य रूपमा व्यवस्थित हुन्छन् र तिनीहरू आन्तरिकरूपमा प्रेरणा, लक्ष्य र स्वार्थका विभिन्न पक्षहरूसँग सम्बन्धित हुन्छन् ।

मानिसको व्यवहारबाट उसको व्यक्तित्व झल्किन्छ । राम्रो व्यवहार गर्ने व्यक्तित्व पनि राम्रो नै हुन्छ । नराम्रा व्यवहार गर्ने मानिसको व्यक्तित्व पनि नराम्रै हुन्छ । यहाँ हामी सकारात्मक व्यक्तिको मात्र कुरा गर्छौं । मानिसको व्यक्तित्व भौतिकरूपले हेरेर मात्र निर्धारण गर्न सकिंदैन । यो त बाह्य तथा आन्तरिक गुणहरूको समष्टिगत प्रारूप हो, जसमा उसको ज्ञान, सीप, धारणा, व्यवहार, प्रयोग र चरित्र अन्तर्निहित छ । व्यक्तित्व सामान्यरूपले बन्दैन । यो त उसको दर्शन, विचार, शब्द, कर्म, बानी, चरित्र, नियति, व्यवहार हुँदै गुज्रिने गर्छ ।

सिगमन्ड  फ्रायड भन्छन्  कि दिमागलाई तीन भागमा विभाजित गरिएको छः इड,  इगो  र सुपरइगो , र यी  घटकहरूबीचको अन्तत्र्रिmया र द्वन्द्वले व्यक्तित्व सिर्जना गर्दछ (फ्र्युड, 1923/1949 । फ्रडियन सिद्धान्तका अनुसार, इड  व्यक्तित्वको अंश हो, जसले हाम्रो सबैभन्दा आदिम आवेगहरूको आधार बनाउँछ ।

मानिसको व्यक्तित्व निर्माणको क्रममा परिवार, समाज, सङ्गत, शिक्षा, दिक्षा सबैको उत्तिकै प्रभाव परेको हुन्छ । हुन त कोही मानिस पनि पूर्णताको संसारमा बाँचेको हुँदैन तर एउटा प्रभावशाली र सकारात्मक व्यक्तित्वमा पूर्णताका धेरै अंश समाहित हुन्छन् । उनीहरू ठीक्क बोल्छन्, सबैलाई उच्च सम्मानका साथ व्यवहार गर्दछन् । फरक क्षमताको प्रदर्शन गर्न माहिर हुन्छन् । समयसीमाको ख्यालराख्दै सबै काम समयमैं फत्ते गर्छन् । उनीहरूको कार्यान्वयन तह असाध्यै प्रभावकारी हुन्छ । उनिहरूको प्रस्तुति, भाषा, बोलीचाली सटीक, प्रेरणादायी, मननयोग्य र उत्प्रेरणा जगाउने खालका हुन्छन् ।

प्रभावशाली व्यक्तित्वमा शिक्षा, ज्ञान, सुझबुझ र अनुभवको ठूलो प्रभाव परेको हुन्छ । उनीहरूको प्रस्तुति, भाषा, बोलीचाली सटीक, प्रेरणादायी, मननयोग्य र उत्प्रेरणा जगाउने खालका हुन्छन् । प्रभावशाली व्यक्तित्वमा शिक्षा, ज्ञान, सुझबुझ र अनुभवको ठूलो प्रभाव परेको हुन्छ ।

शिक्षाले मानिसको व्यक्तित्वमा निखार ल्याउँछ । शिक्षित मानिसहरूमा करुणा, दया, माया, परोपकारी भावनाको अपार स्रोत हुन्छ । प्रभावशाली व्यक्तिहरू समाजमा आदरणीय हुन्छन् र अरूलाई पनि त्यत्ति नै आदर सम्मान गर्छन् । उनीहरू विवेक, नैतिकता र कोमल भावनाका धनी हुन्छन्, ज्ञान,सूचना र विवेकका भण्डार नै हुन्छन्। व्यक्तित्व शारीरिक आवरण मात्र होइन, यो गुण र प्रभावसँग सम्बन्धित छ ।

व्यक्तित्व निर्माण जन्मजात हुँदैन । यो त परिवेश, प्राप्त अवसर त त्यसको समुचित प्रयोगमा आधारित हुन्छ । हामीले बाल्यकालमैं आफ्ना सन्ततिहरूलाई उनीहरू जित्नका लागि जन्मेका हुन्, हार्नका लागि होइन, उनिहरू अरू जत्तिकै सफल र सक्षम छन, उनीहरूले फरक क्षमता प्रदर्शन गरेर नयाँ नतीजा निकाल्न सक्छन् भन्ने कुराको स्मरण र अनुभूत गराउन सक्नुपर्दछ । तर हामीकहाँ जन्मेको दिनदेखि नै निराशा, विभेद, कुण्ठा, गुनासाले भरिएका कुराहरू गुन्जन थाल्छन् । त्यो बालकले जताततै नकारात्मक शब्द, ध्वन्शका रूपहरू, कोलाहल र चिच्चाहट मात्र देख्न पुग्दछ अनि उसले कसरी आफ्नो मानसिक विकास सोचेजस्तो विकास गर्न सक्छ त । आफ्नो व्यक्तित्वलाई आकर्षक, नमूनायोग्य, उदाहरणीय, प्रभावकारी बनाउनका लागि उत्साह र साहसको नितान्त आवश्यकता पर्छ । हामीले आफू जे बन्न चाहन्छौं, त्यसका लागि उत्साह र साहसको नितान्त जरूरत पर्दछ । हामीले आफू जे बन्न चाहन्छौं, त्यसका लागि उत्साह र साहसको अपरिहार्य आवश्यकता रहन्छ ।

हामी कसरी प्रस्तुत हुन्छौं ? कस्ता शब्द बोल्छौं ? कस्तो आचरण प्रस्तुत गर्दछौं ? कस्तो व्यवहारमा प्रतिविम्बित हुन्छौं ? त्यसैको आधारमा नै हाम्रो व्यक्तित्वको आकलन र मूल्याङ्कन हुन्छ । हाम्रा सद्गुण, कार्यक्षमता, कार्ययोग्यता, कार्य सामथ्र्य अनि मृदुवचन, सुस्पष्ट   विचारले नै व्यक्तित्वलाई प्रतिनिधित्व र प्रतिविम्बित गर्छ ।

अब्राहम लिङ्कन, नेल्शन मन्डेला, दार्शनिक सुकरात शारीरिकरूपमा सुन्दर थिएनन् तर उनीहरूको भित्री क्षमता र विचार अभूतपूर्व थियो, उनीहरूले जे बोल्थे, त्यसको तरङ जताततै फैलिन्थ्यो । उनीहरू जे बोल्थे, सत्य र औचित्यपूर्ण बोल्थे । नैतिकता, यथार्थता र औचित्यपूर्ण विचारका धनी थिए, त्यसैले सुन्दर आवरण र झट्ट देखिने स्वरूप र प्रारूपमा सीमित थिएनन् बरु यो त भित्रीरूपमा भएका आत्मविश्वास, प्रभावशाली प्रस्तुति, ज्ञान, सीप, धारणा, विचार, व्यवहार, चरित्र सबैको समष्टिगत रूप थियो । सन्ततिको व्यक्तित्व कस्तो बनाउने भन्ने कुरा अभिभावकको पालनपोषण, शिक्षादीक्षा र उनीहरूलाई सिकाएको संस्कार, नीति, नियम, मूल्य र मान्यतामा आधारित हुन्छ ।

त्यसमा पनि एउटा आमाको भूमिका अतुलनीय र प्रशंसनीय हुन्छ । एउटा बालकको वृत्ति विकासमा आमाले गति छाड्ने हो भने, बुबाले केही गर्न सक्दैन, ऊ लाचार हुन्छ, उसको अगाडि अर्काे विकल्प नै हुँदैन अझ हाम्रोजस्तो मुलुकमा पुरुषहरूको ध्यान नै कसरी कमाउने र पत्नी र छोराछोरीको आवश्यकता पूर्ति गर्ने हुन्छ र यसै सिलसिलामा उसले आफ्नो भित्री वस्त्र पनि फाटेको थाहै पाउँदैन । त्यत्तिकै भनेका हैनन् नेपोलियन बोनापार्टले, “मलाई राम्रो आमा देऊ म तिमीहरूलाई राम्रो राष्ट्र दिन्छु ।”

आमा हुनु भनेको आफूलाई थाहा नभएका शक्तिहरूको बारेमा सिक्नु हो, र आफूलाई थाहा नभएको डरसँग व्यवहार गर्नु हो ।

 “जब तपाईं आमा हुनुहुन्छ, तपाईं आफ्नो विचारमा कहिल्यै एक्लो हुनुहुन्न । एउटी आमाले सधैं दुर्ईपटक सोच्नुपर्छ, एकपटक आफ्नो लागि र एकपटक आफ्ना बच्चाका लागि,” सोफिया लोरेन

 “आफ्ना बच्चाहरूको जीवनमा आमाको प्रभाव गणनाभन्दा बाहिर हुन्छ,” जेम्स ई. फाउस्ट

१८ वर्ष पार गरेका छोराछोरीहरूलाई आफैं आफ्नो गन्तव्य तय गर्न दिनुपर्छ, उनीहरूलाई आफैं फक्रिन दिनुपर्छ, बुबाआमाको व्यक्तित्व जस्तो छ, त्यस्तो बनोस् भन्ने सोच नै गलत हुन्छ, उनीहरूले दुःखको अनुभूति गर्न सिकून्, समय र पैसाको महŒवलाई आफ्नै सङ्घर्षद्वारा बुझून्, प्रत्येक पसिनाको अर्थ र मूल्यलाई बुझ्ने हुनुपर्छ । जीवन समुद्रको छेउमा गएर फोटो खिचेर फेसबूकमा हालेजस्तो हैन, सफलता र प्रगतिको बाटोमा पुग्न चट्टानजस्तो दरो मुटु, दृढ सङ्कल्पित हुन सिक्नुपर्छ । आँसु बगाएर र ज्योतिषीलाई हात देखाएर आफ्नो भाग्य र  व्यक्तित्व कहिल्यै पनि बन्दैन ।

यसै सन्दर्भमा अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोराको व्यक्तित्व कस्तो बनाउने भन्नेबारेमा छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई लेखेको पत्र यहाँ सभार गरिएको छ ।

श्रीमान् प्रधानाध्यापकज्यू,

छोराले यो कुरा सिकोस् कि सबै मानिसहरू एकै किसिमका हुँदैनन् । समाजमा दुष्ट मानिसहरू पनि छन् र सज्जन मानिसहरू पनि छन्, स्वार्थी राजनीतिज्ञहरू पनि छन् भने समर्पित निष्ठावान् नेताहरू पनि छन् । यो कुरा बुझाउन समय त लाग्ला नै तापनि उसलाई परिश्रम गरी कमाएको एक डलर, सित्तैमा पाएको पाँच डलरभन्दा बढी मूल्यवान् हुन्छ भन्ने कुरा बताइदिनुहोस् । उसले विजय र पराजय के हो राम्ररी बुझोस् । त्यस्तै, ईष्र्याले युक्त भएको हाँसोको भित्री मर्म बुझोस् । उसलाई आकाशमा उडिरहेका चराहरू, घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरू र पहाडी काखमा फुलेका फूलहरूको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् ।

मेरो छोरा जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छुट्याउन सक्ने होओस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस् । उसलाई कहिलेकाहीं आँखाबाट आँसु झर्नु लाजमर्दाे कुरो होइन भनिदिनुहोस् । उसले आफ्नो बाहुबल, बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । यदि उद्देश्य उपयुक्त र सही छ भने दृढ शक्तिको विकास गरिदिनुस् । ऊसँग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकोमा टेक्नेगरी चाहिं होइन । सम्झाउनुहोस् आगोको लप्काबाटै फलाम खारिन्छ । ऊभित्र साहस र सधैं केही गरौं भन्ने भावना भइरहोस् । मेरो छोरा स्वयम् निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् । अनिमात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ ।

व्यक्तित्व– व्यवहार, भावना, प्रेरणा, र विचार ढाँचाहरूको संयोजन हो, जसले व्यक्तिलाई परिभाषित गर्छ । व्यक्तित्व मनोविज्ञानले विभिन्न व्यक्ति र समूहहरूबीच यी ढाँचाहरूमा समानता र भिन्नताहरू अध्ययन गर्ने प्रयास गर्छ । व्यक्तित्व भनेको व्यक्तिको बानी, विशेषता, मनोवृत्ति र विचारहरूको एक नमूना शरीर हो किनकि यी भूमिका र स्थितिहरूमा बाह्यरूपमा व्यवस्थित हुन्छन् र तिनीहरू आन्तरिकरूपमा प्रेरणा, लक्ष्यहरू र स्वार्थका विभिन्न पक्षहरूसँग सम्बन्धित हुन्छन् ।

अन्त्यमा एकजना विद्वान् श्यानन एल अल्डरको उद्धरण– व्यक्तित्व शुरू हुन्छ, जहाँ तुलना छोडिन्छ । अद्वितीय हुनुस्, स्मरणीय बन्नुहोस् । आत्मविश्वासी बन्नुस्, गर्व गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here