बलिउड कलाकारहरू आफ्नो सुन्दरता कायम राख्न र फिट देखिन थुप्रै प्रकारका थेरापी लिने गर्छन् । हालै रकुलप्रीत सिंहले सामाजिक सञ्जालमा क्रायोथेरापी लिएको फोटो पोस्ट गरेकी छन् । क्रायोथेरापीलाई क्रायोब्लेशन पनि भनिन्छ ।

क्रायोथेरापीमा विभिन्न रोगका उपचारको लागि चीसो पानीको प्रयोग गरिन्छ ।  क्रायोथेरापी एक प्रकारको कोल्ड थेरापी हो । यस थेरापीमा शरीरलाई एउटा चीसो पानीको च्याम्बरमा राखिन्छ । जसको तापक्रम माइनस हुन्छ । यस थेरापीबाट शरीरमा हुने ऐंठन र नसाको दुखाइमा उपचार पुग्छ । साथै छालासँग सम्बन्धित थुप्रै समस्या निको गर्छ । यसको अलावा अलग–अलग क्यान्सर र अर्थराइटिसको गम्भीर मामिला भएपछि चिकित्सकले यो थेरापी लिन सुझाव दिन्छन् ।

क्रायोथेरापीबाट रगतले बढीभन्दा बढी अक्सिजन प्राप्त गर्न सक्छ र शरीरमा थुप्रै पोषक तत्वको भरपाई हुन्छ । जसरी हामी कोल्ड टेम्प्रेचरबाट टाढा हुन्छौं, हाम्रFे शरीरको तापमान पनि गर्म हुन थाल्छ र ब्लड वैसल्सको विस्तार हुन्छ ।

मुटुसँग सम्बन्धित रोगी, अस्थमा, रक्तचापको समस्या, ज्वरो वा घाउचोट लागेकाहरू र गर्भवती महिलाहरूले क्रायोथेरापी गर्नुहुँदैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here