प्रस, सेढवा, २१ वैशाख/

नेपाल–भारत सीमामा खटेका दुवै देशका सुरक्षाकर्मीहरूले उत्पन्न गरेका समस्याका कारण दुई देशबीचको रोटीबेटी सम्बन्धमा अवरोध हुन थालेको छ ।

विगतका तुलनामा अहिले नेपाल– भारतका नागरिकबीच वैवाहिक कार्यक्रम कम हुँदै गएको छ । भारत, बिहार राज्यका विभिन्न जिल्लामा नेपालबाट जन्ती जाँदा सीमामा विभिन्न किसिमका समस्या उत्पन्न हुने गरेको जीराभवानी गाउँपालिका–२ सेढवा निवासी शङ्कर चौधरीले बताए । सीमामा खटेका नेपाली सुरक्षाकर्मीहरूले खासै केही नगरे पनि भारतीय एसएसबीले गाडीको कागजपत्र माग्ने गरेको, बैन्डबाजा, रथलगायतका विषयलाई लिएर दुःख दिने गरेको चौधरीले बताए । यसका साथै एउटा नाकाबाट जन्ती लैजाँदा अर्को नाकाबाट लैजान भारतीय सुरक्ष्Fाकर्मीहरूले दुःख दिने गरेका कारण दुई देशबीच वैवाहिक कार्यक्रम कम हुँदै गएको चौधरीले बताए ।

भारतबाट नेपालमा जन्ती आउँदा नेपाली सुरक्षाकर्मीहरूले पनि दुःख दिने गरेको भारतीय पक्षको गुनासो छ । पश्चिमी चम्पारण गौनाहा प्रखण्डको जमुनिया पञ्चायतका रञ्जीत पञ्जियारले भारतबाट नेपालमा जन्ती लैजाँदा मनोरञ्जनका लागि ल्याइने आर्केस्ट्रा जसमा युवती रहने गर्छन्, त्यसलाई नेपाली सुरक्षाकर्मीले प्रतिबन्ध लगाएको बताए ।

यसका साथै प्रहरीले जन्तीको पटाका खोस्ने, वडाको सिफारिश अनुसार तोकिएको सङ्ख्यामा सवारीसाधन लैजाने नियम लगाएपछि दुई देशबीच वैवाहिक सम्बन्धमा कमी आएको हो ।

अहिले नेपालबाट भारतमा छोरीहरूको विवाह निकै कम हुने गरेको पञ्जियारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here