जेरुसेलम, २१ वैशाख/एएफपी

इजरायलले कब्जा गरेको वेस्ट बैंकमा बिहीवार छापा मारेर बेलायती–इजरायली महिला र उनका दुर्ई छोरीलाई गत महीना मारेको आरोपमा तीनजना प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारेको इजरायलले जनाएको छ ।

हत्यामा संलग्न दुर्ई संदिग्ध लडाकू समूह हमासका सदस्य र उनीहरूलाई सहयोग गरेको आरोपमा अर्काे व्यक्ति सेना, प्रहरी र शिन बेट सुरक्षा सेवाको संयुक्त अपरेशनमा नाब्लसमा मारिएको बताइएको छ । तीनजना मृतकलाई “लेआ, माइया र रिना डीका हत्यारा”को रूपमा पहिचान गरिएको छ ।

उनीहरूले अप्रिल ७ मा जोर्डन उपत्यकानजीकै आफ्नो गाडीमा भएको आक्रमणपछि ज्यान गुमाएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here