दातृ निकाय क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेशनले ठोरीका किशोरीहरूका लागि बाख्रा वितरण गरेको छ । केही पहिले त्यही ठोरी–४ स्थित किसानको गोठमा राति निकुञ्जबाट आएको बाघले छवटा बाख्रा मार्यो । यसको केहीपछि यसैगरी अर्को किसानका १२ वटा बाख्रा सोत्तर बनायो । यसैगरी, केही महीना पहिले ठोरी–१ मा हरेक रात बाघले बाख्रा खान थालेपछि अन्ततः निकुञ्जले डार्क गरेर बाघ समातेको थियो । खोरबाटै स्यालले लाने, बाघले खाने घटनाहरू प्रायः दिनहुँ भइरहेका छन् । विद्यालयबाहिरका किशोरी, जो अब विद्यालय जान चाहँदैनन् र आफ्नै गाउँघरमा बसेर अर्थोपार्जनको स्वरोजगारमूलक काममा सहभागी हुन चाहनेहरूका लागि आसमान नेपालको सहकार्यमा बाख्रा वितरण गरिएको हो । यसअघि आसमान नेपालले उनीहरूलाई नौ महीनासम्म पढाएर जीवनोपयोगी सीप हासिल एवं वित्तीय साक्षर गराइ आर्थिकोपार्जन हुने किसिमको व्यवसायमा लगाउन खोजेको हो । 

बाख्रापालनको लागि ठोरी गाउँपालिका क्षेत्रको वातावरण र वस्तुस्थिति अति अनुकूल छ । १२८ वर्ग किलोमिटर क्ष्Fेत्रफल रहेको ठोरी गाउँपालिकामा २७.७२ वर्ग किलोमिटर(२१.६५ प्रतिशत) मात्रै खेतीयोग्य जमीन छ । बाँकी ११.७५ वर्ग किमी आवासीय क्षेत्र रहेको छ भने कुल क्षेत्रफलको ६४.८४ वर्ग किमी (५०.६५ प्रतिशत) क्षेत्रफल वनजङ्गलले ढाकेको छ । मलिलो बाटो र पानीको स्रोतसमेत रहेकाले यहाँको वनजङ्गल डाले घाँस र भुई घाँस उत्पादनको लागि उर्वर छ । ठोरीका अधिकांश वनजङ्गल स्थानीय उपभोक्ता समितिद्वारा संरक्षित छन् । खेतीयोग्य भनिएका जमीनहरू पनि २० प्रतिशतभन्दा बढी बोटबिरुवाले ढाकिएका छन् । लिजमा लिनुपरे पनि जमीन सस्तो छ । बाख्रापालनको लागि आधारभूत आवश्यक घाँस र चरन क्षेत्र हो । हुलाकी सडकले जोडिएको क्षेत्र र दक्षिणमा भारत, बिहारको ठूलो जनसङ्ख्या भएको आबादी रहेकोले बजारको अभाव छैन । बाख्रापालनको लागि जिल्लामा मात्रै होइन, मधेस प्रदेशमा नै ठोरीजतिको अनुकूल अन्यत्र देखिंंदैन । बाख्रापालनका लागि क्याप्टिभेटिङ इन्टरनेशनल एवं आसमान नेपालको छनोट सही छ । ठोरीमा आजसम्म एउटा पनि व्यावसायिकरूपमा बाख्रापालन व्यवसाय सञ्चालन भएको देखिएन । ससाना प्रयासहरू भने भएका छन् । तर त्यो दीर्घकालीन हुन सकिरहेको छैन ।

सम्भावना रहेर पनि बाख्रापालन हुन नसक्नुको प्रमुख कारण यहाँका बासिन्दामा बाख्रापालनसम्बन्धी ज्ञान, सीप र लगाव नहुनु हो । पाल्यो, पोस्यो, फल खाने बेला स्यालले तान्ने, बाघले लाने भएपछि जाँगर मर्नु पनि स्वाभाविक हो । जसमा केही लगाव छ, ऊसँग ठूलो लगानी छैन । अरूभन्दा पनि बाख्राको सुरक्षाका लागि भरपर्दो र व्यवस्थित खोर बनाउन लगानी लाग्ने हो । बाख्रापालन गर्न चाहनेबाहिरका लगानीकर्तालाई ठोरीले भिœयाउन सकेको छैन । घरघरमा दुई/चारवटा खसी, बाख्रा पाल्न पनि बाघले भत्काउन नसक्ने खोर चाहिन्छ । “दातृ निकायले बाख्रा दिए हामी खोर दिन्छौं” भन्न सक्ने हिम्मत पालिकाका जनप्रतिनिधिमा देखिएन । उनीहरू बाख्रा वितरण कार्यक्रममा भाषण गर्नमैं सीमित छन् । एउटै निकायले सबै चीज दिन सक्दैन । एउटाले बाख्रा, अर्कोले खोर त कसैले प्राविधिक सहयोग एवं कसैले बाख्रा बीमा गराउने हो भने किसानको जोखिम कम हुन्छ । त्यसको निम्ति संयोजन गर्न घरदैलोको सरकार स्थानीय तह ब्यूँझनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here