नरेश यादव, पर्सागढी, २९ चैत/

पटेर्वासुगौली गाउँपालिका–२ गादीस्थित शिवम् लेयर्स फार्म प्रालिले  गरेको प्रदूषणलाई लिएर पुनः विवाद बढेको छ ।

शिवम् लेयर्स फार्म प्रालिमा पचास हजारभन्दा बढी कुखुरा पालन गरिएको र फार्मबाट उत्पन्न वायु प्रदूषण तथा झिङ्गाका कारण पटेर्वासुगौली गापा–१, २, ३ अन्तर्गत पर्ने मकवानीटोल, वनकटवा, चापी, भाथा, थरघटी, धर्मबस्ती, रामपुर, बैजनाथपुर र रङ्गपुरका बासिन्दाहरू प्रदूषणबाट प्रत्यक्ष प्रभावित हुँदै आएकामा पछिल्लो समयमा गापाको कार्यालयले फार्म बन्द गर्न १५ दिने सूचना जारी गरेको थियो ।

पटेर्वासुगौली गापाको कार्यालयले सूचना जारी गरेपछि शिवम् लेयर्सले ८० प्रतिशत झिङ्गाको प्रकोप घटेको र २० प्रतिशत पति निर्मूल गर्नेतर्फ फार्म क्रियाशील रहेको जनाएको छ । वातावरण सफा राख्न, रोगका सङ्क्रमण, घातक जीवाणु, कीटाणु आदिको प्रकोपलाई रोकथाम गर्न फार्मले द्रुत गतिमा काम गरेको भन्दै गाविसको कार्यालयको ध्यानाकर्षण गराएपछि आज सो उद्योगको पुनः स्थलगत निरीक्ष्Fण गरिएको थियो ।

निरीक्ष्Fणका लागि गापाध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंह, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत धनसुन्दरप्रसाद सिंह, जिल्ला प्रशासन कार्यालय, पर्सा, उजूरी शाखाका शिवशङ्कर साह, वडाध्यक्ष विजय गैरे सम्मिलित टोली आज निरीक्षण गर्न जाँदा स्थानीयवासीहरूले विरोध गरेका थिए । उनीहरूले फार्म बन्द गर्नुपर्ने, गापा कार्यालयले फार्म बन्द गर्न १५ दिने सूचना जारी गरे पनि बन्द नभएको र पुनः निरीक्षणको नाममा उद्योग सञ्चालनको अनुमति दिइने भएको भन्दै होहल्ला गरेका थिए ।

शिवम् लेयर्सबाट प्रदूषण फैलिएर बसिनसक्नुको अवस्था सिर्जना भएको र  झिङ्गाका कारण झाडापखाला, ज्वरो र चर्मरोगले गाउँलेहरू पीडित हुँदै आएका छन् ।

सो फार्मको प्रदूषणका कारण पाँच किलोमिटरसम्मको क्षेत्रका बस्तीहरू प्रभावित भएको बताइन्छ । गापाले प्रदूषण हटाउन फार्मलाई मौखिक तथा लिखितरूपमा बारम्बार ध्यानाकर्षण गराउँदै आएको थियो । गापाले चैत ९ गते १५ दिनको म्याद दिएर सो अवधिमा उद्योग बन्द गर्न पत्राचार गरेको थियो । गापाको पत्रपछि शिवम् लेयर्सले वातावरणमा सुधार ल्याएको भन्दै गापाको ध्यानाकर्षण गराएपछि सोसम्बन्धी अनुगमनका लागि आज सरोकारवाला निकायका व्यक्तिहरू उद्योगमा गएका थिए ।

अनुगमनमा गएका गापा अध्यक्ष चौधरीले फार्मले प्रदूषण कम गर्ने बताए पनि अटेर गरेर प्रदूषण नियन्त्रणतर्फ ध्यान नदिएको आरोप लगाए । उनले फार्म बन्द गर्नुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् । अनुगमनमा रहेका घरेलुका प्रमुख सिंहले भने प्रतिवेदन बनाएर पेश गर्ने र कानूनसम्मतरूपमा कारबाई अगाडि बढाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here