प्रस, वीरगंज, २३ चैत/

हनुमान जयन्ती वीरगंजमा विभिन्न कार्यक्रम गरी धूमधामका साथ मनाइएको छ ।

हनुमान जयन्तीको उपलक्ष्यमा नेपाल बजरङ्ग दलले महानगरमा शोभायात्रा निकालेको थियो । ‘जय श्रीराम, जय हनुमान’को नारासहित निकालिएको शोभायात्रामा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता थियो । बजरङ्ग दलले निकालेको शोभायात्रामा हिन्दू परिषद्को पनि सहभागिता थियो ।

यसैगरी, हनुमान जयन्तीको अवसरमा वीरगंजको प्रसिद्ध महावीर मन्दिरमा बिहीवार झाँकी र महाआरती कार्यक्रम सम्पन्न भएको छ ।

हनुमान जयन्तीको अवसरमा राम, सीता, लक्ष्मण र हनुमान बनाएर झाँकी प्रदर्शन गरिएको र महाआरतीको आयोजना गरिएको वडाध्यक्ष जयप्रकाश साहले बताए ।

महाआरतीको लागि आज महानगरले सो क्षेत्रको सवारी पार्किङ एक दिनको लागि हटाएको थियो । मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here