• श्रीमन्नारायण

नेपाल आफैंमा एउटा सार्वभौम राष्ट्र हो । यसको आफ्नै अस्तित्व र अस्मिता छ । भौगोलिकरूपमा यो सानो देश भए पनि आफ्नो विविधता, सौन्दर्यता र प्राकृतिक संसाधनहरूका कारण यसले छुट्टै मौलिकता बोकेको छ । सनातन हिन्दू धर्म, संस्कृतिका अनुयायीहरूको बाहुल्य रहेको नेपालले डेढ दशक अघिसम्म विश्वको एकमात्र हिन्दू राष्ट्रको पहिचान बोकेको थियो । राजनीतिक दूरदर्शिता र चिन्तनको अभावका कारण क्षणिक आक्रोशमा आएर विनाकारण देशलाई धर्मनिरपेक्ष्F घोषित गर्ने काम भएको थियो । नेपालको धार्मिक मान्यता र सांस्कृतिक परम्परा विश्वकै सभ्य राष्ट्रहरूमध्ये एक हो । हामीले आफ्नो सनातन धर्म, संस्कृतिमाथि गर्व गर्न सक्नुपर्दछ । जनसङ्ख्या, क्षेत्रफल र आर्थिक सम्पन्नताका कारण देशहरू साना र ठूला हुन सक्दछ । यो सामान्य विषय हो तर यसैको आधारमा ठूलो देशले सानो देशको उपेक्ष्Fा गर्नु उचित होइन । उत्तरी छिमेकी चीन अहिले विश्वको उदाउँदो शक्ति राष्ट्र अवश्य हो, तर यसको अर्थ सानो देशको  आत्मसम्मान र स्वाभिमानको कदर नै नहोस् भन्ने त होइन । उत्तरी छिमेकी चीनले नेपालप्रति देखाएको हेपाहा प्रवृत्तिका अनेकौं उदाहरण छन् । देशका वामपन्थी राजनीतिक दलहरूले उत्तरी छिमेकी चीनलाई गुण र दोषयुक्त मित्रराष्ट्रको रूपमा परिभाषित गर्नुपर्नेमा चीनले कहिले गलती नै गर्न सक्दैन भन्दै देवत्वकरण गरिदिएका छन् । यसकै परिणाम होला प्रत्येक दुई तीन महीनामा चिनियाँ नागरिकहरू नेपालमा आएर कुनै न कुनै अप्रिय घटना गराइरहेका हुन्छन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरूलको संज्ञा दिनुको अर्थ नै उनले नेपालको क्षममताको विश्लेषण गरी दुवै छिमेकी राष्ट्रसित मित्रवत् सम्बन्ध कायम राखी अगाडि बढ्न उपदेश दिएका थिए । दुई विशाल छिमेकी राष्ट्र–भारत र चीनबीच एउटा स्वतन्त्र अस्तित्व भएको देशको रूपमा यसलाई अथ्र्याउन खोज्दै उनले नेपालले दुवै राष्ट्रबाट सन्तुलित सुविधा उपभोग गर्न सक्छ भन्ने सङ्केत गरेका थिए तर दुर्भाग्य २५५ वर्ष अघि उनले सिकाएको मूलमन्त्र हामी आत्मसात् गर्न सकिरहेका छैनौं ।

दक्षिणी छिमेकी भारतसित हाम्रो परम्परागत बहुआयामी सम्बन्ध रहिआएको छ । नेपाल र भारतको सांस्कृतिक र धार्मिक मान्यताहरू मूलतः एउटै हुन् । हाम्रा आराध्यदेव तथा पूजन पद्धति, धर्मशास्त्रहरू, तीर्थस्थलहरू, देवकर्म र पितृकर्मका पवित्र श्लोक र मन्त्रसमेत एउटै छन् । एउटै ऋषिका सन्तान हौं । खानपान, रहनसहन, हावापानी, वेशभूषा, चाडपर्व, लोकाचार सबै एउटै हुन् । नेपालका प्रायःजसो नदीहरूको मिलनबिन्दु भारतको गङ्गा नै हो । नेपाल र भारतको सम्बन्ध आदिकालदेखि जारी छ । यसलाई कुनै कालखण्डको परिधिभित्र सीमित राख्न सकिंदैन ।

चीनको स्वशासित क्षेत्र तिब्बतसित नेपालको १४०० किलोमिटर लामो सिमाना रहेको छ । सन् १९५०–५१ मा चीनको अधीनमा आउनुभन्दा अघिसम्म नेपाल र तिब्बतबीच घनिष्ट सम्बन्ध थियो । बौद्ध धर्म र संस्कृतिका कारण नेपालको उत्तरी क्षेत्रका जनता र तिब्बतका जनताबीच घनिष्ट सम्बन्ध थियो । हुनत यो सम्बन्ध कुनै न कुनै रूपमा अहिले पनि छ तर विगतको जस्तो घनिष्ट र प्रगाढ छैन । उत्तरी छिमेकी चीनमा कम्युनिस्ट शासनको लामो पृष्ठभूमि रहेको र मूल चिनियाँ जाति हानहरूको बाहुल्य रहेको तथा चिनिया दार्शनिक एवं धर्मगुरु कन्फ्युसियसको विचारधाराको गहिरो प्रभाव रहेको कारण नेपाल र चीनको सम्बन्धलाई कूटनीतिक स्तरबाट मात्रै परिभाषित गर्न सकिने अवस्था छ । उत्तरी छिमेकी चीनसितको मित्रता नेपालका लागि कुनै पनि अर्थमा लाभदायक साबित भइरहेको छैन ।

नेपालका कतिपय राजनीतिक दलहरू, खासगरी वामपन्थी राजनीतिक दलहरू, उत्तरी छिमेकी चीनसित घनिष्ट सम्बन्ध कायम राख्ने क्रममा राष्ट्रहितलाई पनि उच्च प्राथमिकता दिन सकिरहेका छैनन् । चीनको ऋण स्वीकार गर्न पनि अन्यथा नमान्ने नेपालका वामपन्थीहरू अन्य मित्रराष्ट्रको अनुदानको पनि विरोध गर्न थाल्छन् । जबकि चीनले दिने गरेको ऋणको ब्याजदर विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष तथा अन्य दाताराष्ट्र र मित्रराष्ट्रहरूको तुलनामा चर्को हुने गर्दछ ।

विसं २०७२ सालमा आएको भूकम्प र कोभिड–१९ को बहानामा विगत सात वर्षदेखि चीनले बन्द गरेको उत्तरी सीमा नाकाहरू अहिलेसम्म सञ्चालन हुन सकेको छैन । यसले गर्दा नेपालको उत्तरतिर निर्यात व्यापार ठप्प नै भएको छ । यस अवधिमा चीनतर्फबाट नेपालमा दुई खर्बभन्दा बढी निर्यात भएको नेपालले भने आफ्नो तर्फबाट चीनमा जाबो दुई अर्बको निर्यात व्यापार मात्रै गरेको छ । चीनसँगको दुई पक्षीय व्यापारमा नेपालले भोग्दै आएको ठूलो आयतनको व्यापार घाटाबारे पुनर्विचार गर्न चीन तयार पनि रहेको देखिंदैन । केवल आश्वासन मात्र दिने, लिखित सहमति पनि गर्ने तर कार्यान्वयनमा नल्याउने गर्दै आएको छ । उत्तरी सीमा नाका अवरुद्ध हुँदा उत्तरी क्षेत्रका बासिन्दाहरू सामु खाद्यान्नको समस्या, बेरोजगारी र तिनको आर्थिक कारोबार पनि चौपट भएको छ तर दुर्भाग्य मधेश आन्दोलनका कराण दक्षिणी सीमा नाका अवरुद्ध हुँदा राजधानी काठमाडौंलगायत देशका विभिन्न भागमा भारतको चर्को विरोध गर्ने नेपालका वामपन्थी दल र कथित राष्ट्रवादी, राजावादीहरू विगत सात वर्षदेखि उत्तरी सीमा नाका अवरुद्ध हुँदा एउटा सामान्य प्रेस वक्तव्यसम्म निकाल्ने साहस जुटाउन सकेका छैनन् । यसले के साबित गर्दछ भने भारतसितको हाम्रो सम्बन्ध देश र जनताको हितमा छ, यो स्वाभाविक र आवश्यकता पनि हो । चीनसितको सम्बन्ध राजनीतिक कारणले र कृत्रिम हो । ऊसित हाम्रो सम्बन्ध रहे नरहेको खासै अर्थ राख्दैन बरु नेपालसितको सम्बन्धबाट एकोहोरो चीनलाई मात्र लााभ भइरहेको छ ।

उत्तरी छिमेकी चीनसित ऋण लिंदा पनि ठेकेदार, प्राविधिक र कामदारहरू उसकै हुने गर्दछ । हाम्रो टाउकोमा त केवल ऋणको भारी मात्रै आउने गर्दछ । चिनियाँ ऋण आएपछि ठेकेदार उसैको हुने शर्त पनि शुरूमैं लादिएको हुन्छ । चिनियाँ ठेकेदारहरू विगतजस्तो समयमैं निर्माण कार्य सम्पन्न गरिरहेका हुँदैनन् । नारायणगढ–बुटवल र नारायणगढ–मुग्लिङ सडकखण्ड यसको उदाहरण  हो । मेलम्ची खानेपानी आयोजनालगायत दर्जना घटना यसका उदाहरण हुन् । शुरूमा कम पैसामा टेन्डर सकार गर्ने र पछि त्यति पैसाले पुगेन भन्दै थप पैसा र समयको माग गर्दै आयोजनाहरू लम्ब्याउने प्रवृत्ति चिनियाँ ठेकेदारहरूको देखिएको छ ।

हालै करोडौं ठगीको आरोपमा नौजना चिनियाँ नागरिक पक्राउ परेका छन् । भिजिट भिसामा नेपाल आएका उनीहरूले अनलाइनमार्फत विभिन्न व्यक्तिलाई ठगेका छन् । पक्राउ परेका चिनियाँहरूमध्ये चारजनासित पासपोर्ट नै छैन भने दुईजनाको पासपोर्टको म्याद गुज्रिसकेको छ । गैरकानूनीरूपमा नेपाल बसेका चिनियाँहरू अनलाइन ठगीमा पक्राउ परेका हुन् । नेपाली युवकहरूलाई महीनाको १० हजार दिएर उनीहरूको बैंक खाता प्रयोग गरी ठगी गर्ने गरेका थिए । नेपाल प्रहरीका अनुसार चिनियाँ नागरिक यस अघि नेपालमा बसेर साइबर क्राइममा सक्रिय भएको पाइएको थियो । पक्राउ परेपछि चिनियाँ नागरिकले प्रहरी कार्यालयमैं नाराबाजी गरेका थिए । कहिले जुवा, कहिले साइबर क्राइम, कहिले अनलाइन ठगीमा त कहिले नक्कली डलर र अवैध आर्थिक कारोबारमा चिनियाँ नागरिकहरूको संलग्नताका घटना अनेकौं भएका छन् । पर्यटकीय क्षेत्र ठमेल र सिंहदरबार नजीक त प्रहरीसित मारपिट गर्न पनि चिनियाँहरूलाई डर लाग्दैन । एक किसिमले मित्रताको नाममा नेपाललाई आर्थिकरूपले कमजोर बनाउने, नेपालीलाई अपहेलित र प्रताडित गर्ने काम गर्दै आएको छ । बानेश्वरमा नेपालको स्थापित कानूनको उपेक्ष्Fा गर्ने काम भयो । उत्तरी छिमेकी चीनले आफ्नो रणनीतिक एवं आर्थिक महŒवाकाङ्क्षा पूरा गर्ने मनसायले नयाँ–नयाँ योजना अघि सारिरहेको हुन्छ र नेपालका चीन समर्थक राजनीतिक दल र बुद्धिजीवीहरू यसको प्रशंसा एवं वकालत गर्दै नेपाललाई पनि उसको शिकार बन्न सहयोगीको भूमिका निर्वाह गर्दै आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा नेपालमाथि २२ अर्बभन्दा बढी चिनियाँ ऋण लादिएको छ । बिआरआईका अन्य आयोजनाहरू नेपालमा लागू भए नेपाल एक दशकमैं आर्थिकरूपले कङ्गाल हुनेछ ।  चिनियाँ ऋणको जालोमा परेर नेपाल परतन्त्र हुन बेर लाग्ने छैन । श्रीलङ्का, पाकिस्तान र जिबुरीको उदाहरण छँदैछ । नेपाली संस्कृति र परम्परालाई मासेर चिनियाँ भाषा, संस्कृति सिकाउने प्रयासलाई कसरी तर्कसङ्गत मान्न सकिन्छ ? नेपालका कतिपय राजनीतिज्ञहरू पनि चिनियाँ विचारधाराबाट प्रभावित छन् र नियमित अन्तरालमा प्रशिक्ष्Fण पनि हासिल गरिरहेका छन् । यसले गर्दा नेपालमैं नेपालको वकालत गर्नेहरू अल्पमतमा पर्दैछन् । विचारधारा आफ्नो ठाउँमा छ तर राष्ट्र एवं जनताको हित सर्वोपरि हुनु पर्दछ । नेपालका वामपन्थीहरू चीनको कुनै पनि प्रस्ताव विनासोचविचार सहज रूपमा र सहर्ष स्वीकार गर्दै आएका छन् । कम्युनिस्ट एकताको नाममा चीनको निर्देशनलाई सर्वोपरि मान्नेहरूले दूरगामी सोच राख्नु आवश्यक छ । दलीय स्वार्थपूर्तिका लागि राष्ट्रको व्यापक हितको उपेक्ष्Fा गर्नु बुद्धिमानी होइन ।

नेपालमा जब–जब कम्युनिस्ट पार्टी वर्चस्वमा आउँछ अनि चिनियाँहरूको ज्यादति पनि बढ्दै जान्छ । कुनै पनि विदेशी हाम्रा निम्ति अतिथि नै हुन् तर अतिथिले पनि अतिथि धर्मको पालन गर्नुपर्छ । अतिथि नै आपराधिक गतिविधिमा सामेल भएपछि ऊसित हुने व्यवहार पनि सोही प्रवृत्तिको हुन्छ । हामी नेपालीहरू न चिनियाँ भाषा बुझ्छौं न चीनको संस्कृति नै जानेका छौं । परिश्रम गरेर सिके–पढे पनि त्यसबाट न जागीर पाउने सम्भावना छ, न त्यसको कुनै भविष्य नै । हामीले हाम्रो आफ्नो देशको चिन्ता गर्नुपर्छ । देशको आर्थिक विकासको चिन्ता गर्नुपर्छ । नेपाली जनताको हकहित र अधिकारको चिन्ता गर्नुप्र्छ । काम गर्नुपर्छ । विश्वको आर्थिक शक्ति चीनले एउटा असल छिमेकीको नाताले अनुदान दिएर नेपालको विकासमा सहयोग गर्नुपर्छ । सानो देश ठानेर नेपालबाट लाभ लिने सोच राख्नु उचित होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here