प्रस, वीरगंज, १७ चैत/
बाराको सिमरा र·शाला र पर्साको आदर्शनगर र·शालामा जारी १३औं जगदम्बा जीतपुरसिमरा गोल्डकप फूटबल र दोस्रो प्रदेशस्तरीय गिरिजाप्रसाद कोइराला फूटबल प्रतियोगिताको फाइनल खेल भोलि शनिवार हु“दैछ ।
१३औं जगदम्बा जीतपुरसिमरा गोल्डकप प्रतियोगितामा शनिवार हुने फाइनल खेलमा हिमालयन शेर्पा र चर्च ब्वाइज युनाइटेड भिड्ने छन् भने दोस्रो प्रदेशस्तरीय गिरिजाप्रसाद कोइराला फूटबल प्रतियोगिताको फाइनलमा बारा-११ र वीरगंज युथ एकेडेमी भिड्नेछन् ।
जगदम्बा जीतपुरसिमरा गोल्डकप फूटबल प्रतियोगिता १२ वर्षदेखि निरन्तर जारी छ र यो संस्करण चैत ८ गतेबाट शुरू भएको हो । प्रतियोगिताको सुरुआतका वर्षमा विजेतालाई दुई लाख नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो भने अहिले यो प्रतियोगितामा विजेताले १० लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । उपविजेताले साढे पा“च लाख र उत्कृष्ट खेलाडीले मोटरसाइकल तथा विभिन्न विधाका उत्कृष्टहरूले जनही २०/२० हजार नगद पाउनेछन् ।
फाइनलमा सहभागी हिमालय शेर्पा जगदम्बा जीतपुरसिमरा गोल्डकप फूटबल प्रतियोगिताको दोस्रो संस्करणको विजेता हो । चर्च ब्वाइज भने प्रतियोगितामा पहिलोचोटि सहभागी भएको हो । दुवै टीमले दुई/दुई वटा जीत निकालेर फाइनलसम्मको यात्रा तय गरेका हुन् । पहिलोपटक प्रतियोगितामा सहभागी भएको चर्च र गोल्डकपको दोस्रो संस्करण जितेको हिमालयन शेर्पा दुवै टीमले भोलि फाइनल खेल जित्ने दाबी गरेका छन् ।
यता वीरगंजको आदर्शनगर र·शालामा चैत ११ गतेदेखि शुरू भएको दोस्रो प्रदेशस्तरीय गिरिजाप्रसाद कोइराला फूटबल प्रतियोगिताको फाइनल पनि शनिवार हु“दैछ । २०७६ माघ १८ गते पहिलो संस्करणको प्रतियोगिता भएको थियो । त्यसपछि कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन । यस वर्षदेखि पुनः शुरू गरिएको आयोजक जिपी कोइराला फाउन्डेशन, पर्साका अध्यक्ष धीरज गुप्ताले बताए ।
यस वर्षको फाइनलमा पहिलो संस्करणको उपविजेता बारा-११ र यस वर्ष फाइनलको यात्रा तय गरेको वीरगंज युथ एकेडेमीबीच हुन गइरहेको छ । दुवै टीमले दुई/दुई खेल जितेर फाइनलसम्मको यात्रा तय गरेका हुन् । भोलिको फाइनल खेलमा दुवै टीमले उपाधि जित्ने दाबी गरिरहेका छन् ।
प्रतियोगिताका विजेतालाई एक लाख ५१ हजार नगद र उपविजेतालाई ५१ हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने फाउन्डेशनका मधेस प्रदेश अध्यक्ष महमद सहाबुद्दीनले बताए ।