प्रस, वीरगंज, ४ चैत/
कृष्णा फाउन्डेशन दोस्रो परवानीपुर गोल्डकप–२०७९ को उपाधि वीरगंज युनाइटेड क्लबले जितेको छ ।
परवानीपुर खेल मैदानमा शनिवार सम्पन्न फाइनल प्रतियोगितामा जनकपुर स्पोर्ट क्लबलाई ० का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै वीरगंज युनाइटेड क्लबले उपाधि जितेको हो ।
जीतसँगै वीरगंज युनाइटेडले १ लाख ५० हजार नगद, शील्ड तथा मेडलहरू प्राप्त गरेको थियो । प्रदेशसभा सदस्य जितेन्द्र सोनलले विजयी खेलाडीहरूलाई पुरस्कृत गरेका थिए ।
यसैगरी उपविजेता जनकपुर स्पोर्ट क्लबलाई नगद ७५ हजार, शील्ड, मेडल, गापा अध्यक्ष रामक्षत्री कुर्मीले वितरण गरे ।
आजको खेलको म्यान अफ द म्याच वीरगंज युनाइटेडका चतुर्धन चौधरी घोषित भए । उनले नै म्यान आफ द सीरिज पनि पाए ।
प्रतियोगितामा वीरगंज युनाइटेडका विकाश चौधरीले बेस्ट डिफेन्डर र दिलमणि चौधरीले बेस्ट गोलकीपरको पुरस्कार पाए । यस्तै जनकपुर स्पोटर््स क्लबका राकेश यादवले बेस्ट फरवार्डको पुरस्कार पाए भने सोही क्लबका सञ्जय मगरले मिड फिल्डरको उपाधि पाए ।