प्रस, वीरगंज, २ चैत/

कृष्ण फाउन्डेशन दोस्रो परवानीपुर गोल्डकप–२०७९ अन्तर्गत बिहीवार भएको  दोस्रो सेमिफाइनल खेलमा टाइब्रेकरमा गोरखा फूटबल क्लब, सर्लाहीलाई पराजित गर्दै जनकपुर स्पोट्र्स क्लब फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा खेल बराबरी भएपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो । पहिलो टाइब्रेकरमा पनि गोल बराबरी भएपछि दोस्रो टाइब्रेकर भएको थियो र सोमा गोरखा फूटबल क्लब शून्यका विरुद्ध एक गोलअन्तरले पराजित भएर जनकपुर स्पोट्र्स क्लब फाइनलमा प्रवेश गरेको आयोजक क्लबका उपाध्यक्ष अनिल श्रीवास्तवले बताए ।

आजको खेलको ‘म्यान अफ दी म्याच’ जनकपुर स्पोट्र्स क्लबका गोलकीपर सागर मगरलाई वीरगंज महानगरपालिकाका वडाध्यक्ष राधाकृष्ण रौनियारले नगद पाँच हजार र ट्रफी प्रदान गरेका थिए । यसअघि हिजो वीरगंज युनाइटेड क्लब फाइनलमा पुगेको थियो । प्रतियोगिताको फाइनल खेल पर्सि चैत ४ गते शनिवार सम्पन्न हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here