प्रस, वीरगंज, २ चैत/
वीरगंज महानगर–१० आदर्शनगर रङ्गशालामा फागुन २८ गतेदेखि जारी नेपाल–भारत मैत्री क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार चारवटा खेल भएको आयोजक पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ताले बताए ।
पुरुषतर्फको तीनवटा र महिलातर्फ एउटा खेल भएको अध्यक्ष गुप्ताले बताएका छन् । आज भएको पहिलो खेलमा अशोकवाटिकालाई मुर्ली वीरगंजले पाँच विकेटको अन्तरमा पराजित गरेको थियो ।
ब्याटिङ गर्दै अशोकवाटिकाले निर्धारित १५ ओभरको खेलमा सात विकेट गुमाएर ८८ रन बनाएको थियो । प्रतिउत्तरमा मुर्लीले १३.१ ओभरमा पाँच विकेटको नोक्सानीमा ९० रन बनाएर जीत हासिल गर्यो । यस खेलको ‘म्यान अफ दी म्याच’ अभिषेक प्रजापति घोषित भए । दोस्रो खेलमा भारतको उत्तर प्रदेशले छपकैया वीरगंजलाई १२ रन अन्तरले पराजित गर्यो । पहिले ब्याटिङ गर्दै उत्तर प्रदेशले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर ८६ रन बनाएको थियो । प्रतिउत्तरमा छपकैया वीरगंज १४.१ ओभरमा सबै विकेट गुमाएर ७४ रनमा सीमित भएर उत्तर प्रदेश विजयी भयो । यस खेलको ‘म्यान अफ दी म्याच’ मिलन घोषित भए ।
तेस्रो खेलमा नेपालको पिएसीले भारतको राजस्थानलाई ८९ रन अन्तरले पराजित गर्यो । पहिले ब्याटिङ गर्दै पिएसीले निर्धारित १५ ओभरमा नौ विकेट गुमाएर १५४ रन बनाएको थियो । प्रतिउत्तरमा भारतको राजस्थान १४.१ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा सीमित भयो । यस खेलको ‘म्यान अफ दी म्याच’ राहुल गुप्ता घोषित भए ।
आजको चौथो खेल महिला टोलीबीच भएको थियो । महिलाहरूको खेलमा भारतको जम्मु–कश्मीरको टीमले बारा कलैयाको टीमलाई दुई विकेट अन्तरले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको कलैयाको टीमले निर्धारित १२ ओभरको खेलमा आठ विकेट गुमाएर ९२ रन बनाएको थियो । प्रतिउत्तरमा भारतको जम्मु–कश्मीरको टीमले आठ विकेटको नोक्सानीमा लक्ष्य हासिल ग¥यो । यस खेलको ‘वुमन अफ दी म्याच’ मनीषा घोषित भइन् ।