प्रस, वीरगंज, १ चैत/

चिकित्साशास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा प्रत्यक्ष्Fतर्फ नेविसङ्घ र अखिल भिड्ने भएका छन् ।

चैत ५ गते हुने स्ववियुको निर्वाचनमा नेविसङ्घका एकजना निर्विरोध भएका छन् ।

एक अध्यक्षसहित प्रत्यक्षतर्फ छ सिटका लागि अखिलले पाँच सिटमा मात्र उम्मेदवारी दिएका कारण नेविसङ्घका एकजना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

नेविसङ्घबाट अध्यक्षमा यामिनी खड्का, सचिवमा विधान रेग्मी, कोषाध्यक्षमा सरस्वती पन्थी र सदस्यहरूमा ईशा बराल, आकृति खतिवडा, स्मृति थापाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत रोमिना श्रेष्ठले बताइन् ।

यसैगरी, अखिलबाट अध्यक्षमा मनीषा चौधरी, सचिवमा सृष्टि तिमिल्सिना, कोषाध्यक्षमा अर्चना गुप्ता र सदस्यमा विवेक राणाभार तथा मुन्ना श्रेष्ठले उम्मेदवारी दिएको निर्वाचन अधिकृत श्रेष्ठले बताइन् ।

वीरगंज नर्सिङ क्याम्पसमा १५६ जना मतदाता छन् । प्रत्यक्ष्F र समानुपातिक गरी ११ पदमा निर्वाचन हुनेछ, जसमा प्रत्यक्षतर्फ एकजना निर्विरोध भएपछि अब १० पदको लागि चैत ५ गते निर्वाचन हुनेछ ।

१४ वर्षपछि हुने स्ववियु निर्वाचनमा यसअघि नेविसङ्घले जितेको थियो । त्यसअघि स्थापनाकालदेखि नै नर्सिङ क्याम्पसमा अखिलको वर्चस्व रहँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here