प्रस, वीरगंज, २७ फागुन/

नेपालका चर्चित साहित्यकार डा ध्रुवचन्द्र गौतम वीरगंज आएको अवसर पारी पाठशाला नेपालले स्थानीय होटल ‘मधुशाला’ एउटा साहित्यिक कार्यक्रमको आयोजना ग¥यो ।

कार्यक्रममा वीरगंजका साहित्यकारहरूले गीत, गजल, कविता वाचन गरेका थिए भने जिज्ञासुहरूले डा ध्रुवचन्द्र गौतमका विभिन्न आख्यानहरूबारे प्रश्न गर्दै उनको लेखाइ बढीजसो दुर्बोध हुनेबारे जिज्ञासा प्रकट गरेका थिए ।

वीरगंजका साहित्यकार तथा उद्योगपति व्यापारी गणेश लाठले स्वागत गरेको कार्यक्रममा महेश गौतम, दिनेश गुप्ता, प्रकाश खण्डेलवाल, अजमत अलि, ध्रुवसिंह ठकुरी, सूर्य विक, सुरेश बिडारी, आमोद गुप्ता, गणेश लाठ, प्रमोद पाण्डेय हेरम्बलगायतले नेपाली, हिन्दी तथा भोजपुरीमा कविता वाचन गरेका थिए । ठाराब क्याम्पसका लेक्चरर इन्द्र भट्टराईले डा गौतमका लेखनका विभिन्न पक्षबारे जिज्ञासा प्रकट गरेका थिए । कार्यक्रममा राजनीतिज्ञ चिरञ्जीवी आचार्य, सोफिया आचार्य, वीरेन्द्र साहलगायतको सहभागिता थियो ।

कार्यक्रममा डा गौतमले साहित्यलेखनबारे आफ्नो मन्तव्य प्रकट गर्दै, साहित्यमा दुर्बोधता नहुने, केही कुरा बुझ्न बढी मनन गर्नुपर्ने बताउँदै विश्व साहित्यमा आएको वैचारिक परिवर्तनसँगै नेपाली साहित्यमा परिवर्तन आउँदा नयाँ प्रयोगका लेखनबारे शुरूमा पाठकहरूलाई अप्ठेरो परेको बताएका थिए ।

कार्यक्रम पाठशाला नेपालका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here