• श्रीमन्नारायण

सङ्कीर्ण एवं उत्तेजक राष्ट्रवादको नाराले कुनै देशलाई कति कमजोर एवं गरीब बनाउन सक्छ यसको सोझो उदाहरण श्रीलङ्का, अफगानिस्तान र पाकिस्तान हुन् भन्न सकिन्छ । उपरोक्त तीनवटै देशका नेताहरूले धार्मिक र जातीय राष्ट्रवादको नारा अघि सारेका थिए । देशको भौगोलिक अखण्डता र सार्वभौमिकतामथि खतरा आउन सक्दछ भन्ने काल्पनिक भय देखाएर सत्तामा कब्जा जमाई केही परिवारविशेष र दलविशेषले मनपरी गर्दा देशले राष्ट्रिय गौरव घोषित गरेका कतिपय परियोजनाहरूलाई धितोमा राखी आफ्नो स्वाभिमानसित सम्झौता गर्न बाध्य भएका छन् । हाम्रो देशमा पञ्चायतको तीस वर्षमा पनि त्यही भएको थियो । देशमा लोकतन्त्रको स्थापनापश्चात् यहाँका वामपन्थी दलहरूले यही काम गर्दै आएका छन् । भारत र अमेरिकाको नाम सुन्ने बित्तिकै त्यसमा अनर्थ मात्र हेर्ने, देश र जनतालाई पनि सोही अनुसार सुन्न–बुझ्न लगाई उपरोक्त दुई देशको विरोधमा नकारात्मक भावना विकसित गर्ने काम हुँदै आएको छ । नेकपा एमालेका अध्यक्ष र देशका भूतपूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले यही काम गर्दै आएका हुन् । आफू प्रधानमन्त्री हुँदा दक्षिणी छिमेकी भारतसितको दुईपक्षीय सम्बन्धलाई इतिहासकै तिक्ततापूर्ण बिन्दुसम्म पु¥याइदिएका थिए । भारतमाथिको निर्भरता कम गर्न उत्तरी छिमेकी चीनसित जथाभावी सम्झौता गरेका थिए तर चीनले विगत सात वर्षदेखि भूकम्प तथा कोरोनाको बहानामा नेपालसित जोडिएको नाकाहरूमा अघोषित प्रतिबन्ध लगाई नाकाबन्दी गरेकोमा कहिल्यै नेकपा एमाले तथा नेपालका कुनै पनि कम्युनिस्ट पार्टीले त्यसको विरोध गरेका छैनन् । वर्तमान सरकारले दुवै छिमेकी राष्ट्रहरूसित समानतामा आधारित मित्रताको सम्बन्ध कायम राखेको कुरा न नेकपा एमाले, न तिनका नेता केपीशर्मा ओलीलाई नै मन परेको छ । मुस्ताङमा निर्माण हुन लागेको भनिएको बौद्ध कलेजको विषयमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले दिएका सार्वजनिक अभिव्यक्ति विकास निर्माण विरोधी त हो नै, नेपाललाई विश्व जगतबाट एक्ल्याउने उनको सुनियोजित चाल पनि हो । उनी प्रधानमन्त्री हुँदा विश्वका एकाध देशबाहेक कसैसित पनि राम्रो सम्बन्ध थिएन । उनले छिमेकी राष्ट्रसँग रहेको सम्बन्धबारे गरेका टिप्पणी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गरेको दोषारोपण अपरिपक्व र अव्यवहारिक छन् । बहालवाला प्रधानमन्त्रीविरुद्ध पूर्व प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई देशका परराष्ट्रविद्हरूले पनि अपरिपक्व र अव्यवहारिक नै भएको संज्ञा दिएका छन् ।

नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक समानता छ । भारतको चासोको केन्द्रमा नेपालको उत्तरी छिमेकी चीन हुनु अस्वाभाविक होइन । चीनको बढ्दो सामथ्र्य र प्रभाव विस्तार नेपालमा भइरहेको पछिल्ला चिनियाँ प्रतिनिधिहरूको नेपाल भ्रमणले पनि देखाउँछ । चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुखबाट राजनीतिक प्रशिक्ष्Fण प्राप्त गरेर आफूलाई राष्ट्रवादी देखाउने साहस कम्युनिस्टहरू मात्रै गर्न सक्छन् । नेकपा विभााजित हुन लाग्दा त्यसलाई टालटुल गरेर एकजुट पार्ने प्रयास अथवा चीनले मन पराएको प्रकृतिको सरकार नेपालमा गठन हुँदा,राष्ट्रवदी हुन्छ तर त्यसको विपरीत हुँदा नेपालका कतिपय कम्युनिस्टहरूलाई नै चिलाउने गर्दछ ।

ओलीले मुस्ताङमा बन्न लागेको कलेजको विषयमा दिएको सार्वजनिक  अभिव्यक्ति पनि भूराजनीतिसँग जोडिएको छ । उनले सीधै चीनलाई चिढ्याउन भारतसँग सरकारले हात बढाएको संज्ञा दिएका छन् । मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिएको र भारतको उक्त प्रस्ताव स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको ओलीको आरोप छ । यति मात्र होइन, उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्न भनिएको र त्यो मुलुकका लागि नै खतरनाक भएको दाबी गरेका थिए । मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको विदेशको दलाली हो । राष्ट्रियतामाथि प्रहार हो । मित्रराष्ट्र चीनविरुद्ध गद्दारी गर्न खोजेको हो, आफ्नै राष्ट्रको सार्वभौमसत्ता अस्वीकार गर्न खोजिएको भन्दै ओलीले आफ्नो शब्दकोषमा रहेका  ओलीले आफ्नो शब्दकोषमा रहेका धेरैजसो अपमानजनक र अपरिपक्व शब्द खर्च गर्न कञ्जुस्याइँ गरेनन् । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रस्ताव गर्न खोजेका व्यक्ति राष्ट्रपति बन्ने सम्भावना समाप्त भएपछि र नेकपा एमाले सरकारबाट बाहिरिने अवस्था आएपछि आक्रोशित भएर उनले आफ्नो राजनीतिक उचाइ र ओहदाको पनि सम्मान गर्नु आवश्यक ठानेनन् ? उनको यस अभिव्यक्तिले स्वयं उनकै मानमर्दन गरेको छ । अब नचाहेर पनि स्वतन्त्र नेपाली नागरिकका कतिपय प्रश्नको मुख उनीतिर नै सोझिने छ, जसको जवाफ भरसक उनीसित हुनेछैन ।

पहिलो कुरा त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालका प्रधानमन्त्री हुन् र तीन करोड नेपाली जनता एवं नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्ष्Fाको लागि उनी प्रतिबद्ध र इमानदार छन् यसको निम्ति नेकपा एमालेको प्रमाणपत्र उनलाई चाहिएको छैन । उनी चिनियाँ नागरिक अथवा चीनका प्रधानमन्त्री नभएका कारण चीनविरुद्ध गद्दारीको प्रश्न नै उठ्दैन । एउटा नेपाली नागरिक चीनप्रति वफादार अथवा गद्दार हुनुपर्ने कुनै कारण देखिंदैन ।                   नेपालमा कलेज अथवा विश्वविद्यालय निर्माण हुनु खुशीको कुरा हुनुपर्ने हो तर नेपालभन्दा बढी चीनको चिन्तामा डुब्ने नेपालीहरू पनि आफूलाई राष्ट्रवादी नै ठान्ने गर्छन् । भारत सरकारको आर्थिक सहयोगमा नेपालका प्रायःजसो जिल्लाहरूमा विकास निर्माणको काम भएका छन् । विद्यालय र क्याम्पस भवनको निर्माण त अति नै भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा विश्वविद्यालयभन्दा कलेज खोल्ने चर्चा रहेको तर अहिलेसम्म नेपाल सरकारले स्वीकृति नदिएको जवाफ दिएर ओलीको आरोपलाई भूmटो साबित गरिदिएका छन् ।

नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासमा पनि भारतको योगदान छ । नेपालमा आजसम्म जति पनि राजनीतिक परिवर्तन भएका छन् ती सबैमा भारतको हात रहेको छ । नेपालको विकास निर्माणमा पनि भारतको योगदान महŒवपूर्ण छ । वर्तमानको विषम परिस्थितिमा, टर्की र पाकिस्तानजस्ता भारतका कट्टर विरोधीलाई पनि भारतको सहयोग चाहिएको छ । युक्रेन र रूस दुवैलाई भारतको सहयोग र समर्थन चाहिएको छ । स्वयं चीनकै विदेशमन्त्रीले पनि भारतसित सिमाना विवाद सामान्य अवस्थामा राख्न भारत सामु वार्ताको प्रस्ताव गरेका छन्, हाम्रो देशमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली भने भारतलाई जिस्क्याएर नेपाललाई कमजोर बनाउने अभियान चलाउन थालेका छन् । ओलीको दुईपटकको कार्यकाल विवादले भरिएको रह्यो । उनको एउटा पनि काम स्वागतयोग्य छैन । अहिले उत्तरी छिमेकी चीनको प्रवक्ता बन्नुको कारण देखिएन ।

मुस्ताङ धार्मिक महŒवको स्थल हो । प्रत्येक हिन्दू र बुद्धमार्गी त्यहाँ पुग्नु स्वाभाविक हो । मुस्ताङजस्तो हिमाली जिल्लामा शिक्ष्Fाको विकास हुनु गलत कसरी हो ? नेपालजस्तो देश छिमेकी र मित्रराष्ट्रहरूकै सहयोग र अनुदानबाट अगाडि बढ्ने हो । यदि चीनको सिमानासित जोडिएको मुस्ताङ जिल्लामा भारतलाई विद्यालय निर्माण गर्ने अनुमति दिनु गद्दारी हो भने भारतको सिमानासित जोडिएको झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्नु के हो ? गद्दारी हो कि होइन ? नेपालका नेताले नेपालको चिन्ता गर्नुपर्ने हो । ठूला देशहरू आफ्नो समस्या समाधान गर्न आफैं सक्षम छन् । हामीलाई देशको विकास चाहिएको छ चाहे त्यो पूर्व, पश्चिम तथा दक्षिणबाट होस् अथवा जहाँबाट पनि होस् । चीनको पीडा र चिन्तामा दुब्लाउने नेपाली राजनीतिक दलहरूले आफूलाई राष्ट्रवादी भन्न सुहाउँदैन । हामीले आफ्नो चिन्ता गर्नुपर्दछ । मुस्ताङमा भइरहेको अथवा हुने विकास निर्माणको कार्यको विरोध दुर्भाग्यपूर्ण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here