प्रस, वीरगंज, १८ फागुन/

निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायक कम्पनीले आफ्नो ग्राहक बढाउन नेपाल दूरसञ्चार कम्पनीको इन्टरनेटको तार काट्न थालेको समाचार छ ।

नेपाल दूरसञ्चार कम्पनीले कम मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन थालेपछि निजी क्षेत्रका इन्टरनेट सोवप्रदायक कम्पनीहरूले दैनिक एक दर्जनभन्दा बढी ठाउँमा नेपाल टेलिकमको इन्टरनेटको तार काट्ने गरेको दूरसञ्चारका प्राविधिक नागेन्द्र यादवले बताए ।

उनले सेवा अवरुद्ध भएको भन्दै दैनिक कार्यालयमा फोन आउन थालेपछि आफूहरू आजित भएको बताए । यादवले निजी क्षेत्रका इन्टरनेट तथा नेपाल टेलिकमको इन्टरनेटका तारहरू पोल भएर शहरभरि फैलिएको बताए । निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले दैनिक पोलमा पुगी काम गर्ने र जाने बेला दूरसञ्चारको तार काट्ने गरेको यादवको आरोप छ ।

वीरगंजलगायत आसपासका क्षेत्रमा धेरैवटा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको तार एउटै पोलमा रहेकाले उनीहरूको कारण दैनिक लाखौं रुपियाँको क्षति भइरहेको यादवले बताए । चाँडै नेपाल प्रहरीसँग समन्वय गरी कारबाई प्रक्रिया अगाडि बढाउने नेपाल दूरसञ्चार कम्पनीले तयारी गरिरहेको यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here