प्रस, वीरगंज, १८ फागुन/

जिल्ला प्रहरी कार्यालय, पर्साले खैरो हिरोइनसहित दुर्ईजनालाई पक्राउ गरेको जनाएको छ ।

मङ्गलवार वीरगंज महानगरपालिका–१६ शङ्गराचार्यद्वारबाट वडा प्रहरी कार्यालय, बिर्ता र लागूऔषध नियन्त्रण ब्युरो, पर्साबाट खटिएको संयुक्त प्रहरी टोली चेकजाँच गर्ने क्रममा भारत, रक्सौलबाट वीरगंजतर्फ पैदल आइरहेका भारत, पश्चिम बङ्गाल, माल्दा निवासी २९ वर्षीय महमद नायम शेखलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शेखको साथबाट तीन सय ग्राम खैरो हिरोइन बरामद भएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा र गोरखा, घार्चे गापा–६ घर भई काठमाडौं–२६ बस्ने २४ वर्षीय सुरेश घलेले उक्त हेरोइन मगाएको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध अनुसन्धान ब्युरो, कोटेश्वरसँग समन्वय गरी घलेलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता तथा सूचना अधिकारी दीपक गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here