प्रस, वीरगंज, १७ फागुन/

वीरगंजमा हाम्रो विवाह डटकम नामक वेबसाइट बिहीवार सार्वजनिक भएको छ ।

पर्सा निवासी इन्जिनीयर श्याम कुशवाहाले निर्माण गरेको हाम्रो विवाह डटकम नामक वेबसाइट सार्वजनिक भएको हो ।

हाम्रो विवाह डटकम वेबसाइटको उद्घाटन गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पौडेलले आधुनिक युगमा पुरुष र महिलाको बीचमा हुने वैवाहिक सम्बन्धलाई यो वेबसाइटमार्फत जोड्न सकिने भएकाले प्रसंशा गरे ।

उनले पर्सा जिल्ला अदालतमा दैनिक दुई/तीन वटा विवाह दर्ता हुँदै आएका बताउँदै आगामी दिनमा हाम्रो विवाह डटकममार्फत हुने विश्वास व्यक्त गरे ।

यस्तै, पछिल्लो समयमा केटाकेटीले परिवारबाट विद्रोह गरेर विवाह दर्ता गराउन अदालतमा आउने गरेको उनले बताए । अहिलेको समयमा कानूनले दिएको अधिकारलाई प्रयोग गरिएकाले सकारात्मक पक्ष रहेकोे न्यायाधीश पौडेलले बताए ।

अहिले समाजमा तडकभडकका साथ हुँदै आएका विवाहलाई विवाह डटकमले रोक्न मदत पु¥याउने उनले बताए ।

कानून व्यवसायीलाई यसमा सहजीकरणका लागि राखे झन् बलियो भएर कानूनी परामर्श सहज हुनुका साथै विकृतिलाई रोक्ने र मन मिल्ने जोडीलाई यसमा सहयोग पाउने उनले बताए ।

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले मानवजीवनमा विवाह संस्कार जरुरी भएकोले यो वेबसाइटमार्फत सहयोग पुग्ने बताए ।

उनले मानवजीवनमा रहेका विभिन्न संस्कारमध्येको महत्वपूर्ण संस्कार विवाह भएकोले प्रेमविवाहभन्दा भागी विवाहलाई रोक्न यो वेबसाइटले मदत गर्ने उनले बताए ।

यो वेबसाइटले चाहेको जीवनसाथी भेटाइदिने, बायोडाटाको पारदर्शिता, समय र पैसाको बचत हुने मुख्य विशेषता रहेको छ । यो वेबसाइटमार्फत आफ्नो प्राथमिकता अनुसारको जीवनसाथीको खोजमा सहयोग गर्ने र विवाह गर्न व्यक्तिको गोपनीयता सुरक्षित राखी दक्ष एवं बुद्धिजीवीले परामर्श र सहयोग गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here