टुलुस, ४ फागुन/एएफपी
युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृङ्खलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ ।
एयरबसले गत वर्ष ६६१ वटा विमान ग्राहकलाई हस्तान्तरण गर्ने योजना बनाए पनि खुद नाफा एक प्रतिशतले बढेर चार अर्ब २० करोड युरो (चार अर्ब ५० करोड अमेरिकी डलर) पुगेको छ ।
महामारीको समयमा एयरलाइन्सहरू यात्रा प्रतिबन्धका कारण अधिकांश उडान रोक्न बाध्य भएका समय एयरबसले उत्पादन कटौती गरेको थियो ।
कम्पनीले चाँडै महामारीका समय परेको आर्थिक बोझलाई सन्तुलित गर्ने विश्वास गरेको छ । विश्वभर यातायात सेवामा सुधार भइरहेको र एयरलाइन्सले उच्च इन्धनको मूल्यलाई ध्यानमा राख्दै इन्धन–कुशल विमानको खरीद बढाउन खोजिरहेको छ ।
एयरबसका प्रमुख कार्यकारी गुइलाउम फाउरीले भने, “प्रतिकूल सञ्चालन वातावरणका बावजूद हामीले हाम्रो आपूर्ति शृङ्खलालाई हामीले अपेक्षा गरेको गतिमा सुधार गर्नबाट रोकेको र ठोस वित्तीय विश्वास प्रदान गरेका छौं ।”
एयरबससँग १० हजारभन्दा बढी आपूर्तिकर्ता छन् । जसमध्ये केहीमा महामारीको समयमा कर्मचारीहरूले छोडेपछि उत्पादन बढाउन समस्या भएको थियो ।
कच्चा माल प्राप्त गर्न बाधा भएको र युक्रेनमाथि रूसी आक्रमण पनि आर्थिक जटिलताको कारक बनेको कम्पनीले जनाएको छ ।
“शुरूमा योजना गरिएकोभन्दा कम व्यावसायिक विमान डेलिभरी भएपछि कम्पनीले आफ्नो सञ्चालनलाई सोही अनुसार समायोजन गर्नुपरेको छ,” उनले बताए ।
एयरबसले सन् २०२३ मा ७२० वटा विमानलाई बजारमा ल्याउने लक्ष्य राखेको छ । विमान कम्पनीको बिक्री १३ प्रतिशत बढेर ५८.९ बिलियन युरो पुगेको छ । रासस