प्रस, वीरगंज ३ फागुन/

स्थानीय युवाको अराजक गतिविधिको कारण जगरनाथपुर गाउँपालिका–३ स्थित बाबा वैद्यनाथ आधारभूत विद्यालय गढैयामा बुधवार अध्ययन प्रभावित भएको छ ।

स्थानीय युवाले विद्यालयका बालबालिका तथा शिक्षक–कर्मचारीलाई  दुव्र्यवहार गरेपछि अध्यापन प्रभावित भएको विद्यालय प्रशासनले जनाएको छ ।

मङ्गलवार बिहान १०ः१० बजे विद्यालयको नियमित क्रियाकलाप अन्तर्गत प्रार्थना र पिटी  खेलाउने समयमा स्थानीय युवाले पिटी खेल्न नदिएपछि विवाद भएको थियो । विवादपछि युवाहरूले कक्षाकोठामा बसेका विद्यार्थीहरूलाई बाहिर निकाल्ने, छात्राहरूको भिडियो बनाउनुको साथै किताब–कापी बाहिर फालेका विद्यार्थीहरूले बताएका छन् । युवाहरूले छात्राहरूमाथि हात हाल्ने, फलामको रड तेस्र्याउने र शिक्षक तथा विद्यार्थीहरूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको एकजना विद्यार्थीले बताए ।

प्रधानाध्यापक बादशाह साहले विद्यार्थी, शिक्षक–कर्मचारीहरूको सुरक्षा व्यवस्था तथा न्यायका लागि वडा कार्यालय तथा जगरनाथपुर गाउँपालिकामा उजूरी दर्ता गरेका छन् । प्रअ साहले अराजक गतिविधि कार्यमा संलग्न सातजना युवक रहेको बताए ।

यसका साथै सो विद्यालयमा रहेका पाँचजना शिक्षकहरूको सरुवा माग गर्दै वडा कार्यालय र गापाको कार्यालयमा अर्काे निवेदन दर्ता गरिएको प्रअ साहले बताए ।

बाल विकासदेखि कक्षा ६ सम्म अध्ययन हुने सो विद्यालयमा आज केही अभिभावकहरू आई विद्यालय प्रशासनसँग सल्लाह गरी दिउँसो २ः३०  बिदा दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here