प्रस, जीतपुर, ३ फागुन/

डिभिजन वन कार्यालय बारा, सिमराका प्रमुख विनोद सिंहले मधेस प्रदेश मुख्यमन्त्री हरित अभियान अन्तर्गत अहिलेसम्म ६६ हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरिएको बताएका छन् ।

उनले अभियान अन्तर्गत वन फडानी क्षेत्र, वन क्षेत्र अतिक्रमित क्षेत्रमा पहिलो चरणमा वृक्षारोपण थालनी गरिएको बताए । उनले अन्य क्षेत्रमा पनि वृक्षारोपण जारी रहेको बताए ।

प्रमुख सिंहले निजगढ–काठमाडौं दू्रतमार्ग निर्माणले यस अभियानलाई थप ऊर्जा दिइरहेको बताए । प्रमुख सिंहले द्रूतमार्गभित्र पर्ने रूख हटाउँदा एउटा रूखको सट्टा २५ वटा वृक्ष रोप्नुपर्ने व्यवस्था रहेको बताए । यो काम नेपाली सेनाले गरिरहेको प्रमुख सिंहको भनाइ छ ।

सशस्त्र वन रक्षक जमदार नागेन्द्र बैठाले वन्यजन्तुको हितको लागि वृक्षारोपण भइरहेको बताए । उनले द्रूतमार्गको छेउछाउ वृक्षारोपण कार्य भइरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here