राधेश्याम पटेल, परवानीपुर, २७ माघ/

जीतपुरसिमरा उपमहानगरपालिका–१० पर्ने नेपाल राष्ट्रिय आधारभूत प्रावि बलुवाबेहेराका प्रअले अनियमितता गरेको समाचार छ ।

विद्यालय व्यवस्थापन समितिको समयावधि समाप्त भइसकेपछि सात–आठ महीना अघि विद्यालयको खाताबाट चर्पीको रु सात लाख र विद्यालयको मौज्दातबाट दुई लाख गरी नौ लाख झिकेर हिनामिना गरेको अभिभावकहरूले गुनासो गरेका छन् ।

रकम झिकेर आफ्नो व्यक्तिगत काममा लगानी गरेको अभिभावकहरूको भनाइ छ । बारा, परवानीपुर गाउँपालिका–१ बलुवा बस्ने सो विद्यालयका प्रअ भरत महतोले र उनीसँगै सोही ठाउँ, बुनियाद बस्ने वीरेन्द्रप्रसाद यादवको संयुक्त खाताबाट सञ्चालन भएको विद्यालयको खातामा अनियमितता भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले चर्पी निर्माणका लागि उक्त रकम पठाउँदा एवं विद्यालयको खातामा पहिलेदेखि रु पाँच लाख थियो । जब समितिको समयावधि सकियो त्यसपछि उनले स्टाफ बैठक राखेर प्रअ र एकजना शिक्षकको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालनको लागि निर्णय गराएका थिए । त्यसपछि उनले आफ्नो अधिकारको दुरुपयोग गरेका हुन् । अहिले शिक्षक एवं अभिभावकबीच विद्यालयको रकम हिनामिना गरेको जनगुनासो बढ्दै गएपछि केही दिन अघि गुपचुप किसिमले विद्यालयका प्रअले आफ्नो आसेपासेलाई राखेर विद्यालय व्यवस्थापन समिति गठन गरेको बुझिएको छ । त्यहाँका प्रअ महतो र खातामा बस्ने शिक्षक वीरेन्द्रप्रसाद यादव दुवै राहत तृतीय श्रेणीका शिक्षक हुन् । उक्त विद्यालयमा डेढ वर्ष अगि चितवनबाट प्रावि तृतीय श्रेणीको स्थायी शिक्षक सरुवा भएर आउँदा पनि उनीहरूले विद्यालयमा रजाइँ र अनियमितता गर्नको लागि ती शिक्षकलाई प्रअको जिम्मेवारी सुम्पेका छैनन् ।

विद्यालयमा पर्साको बहुदरमाई नपा घर भएका अजयकुमार कुशवाहा स्थायी शिक्ष्Fकको रूपमा कार्यरत छन् । अभिभावकहरूले यस विषयमा जीतपुरसिमरा उपमनपाको शिक्ष्Fा शाखा एवं सरोकारवाला निकायले छानबीन गरी दोषीलाई कारबाईको माग गरे । साथै उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयमा समेत उजूरी गर्ने तयारी गरेका छन् । 

यसबारे प्रअ महतोले अनियमितता नभएको दाबी गरेका छन् । फोनमा छोटो कुराकानी गर्दै भोलि विव्यसको बैठक राखेको छु, चाँडै निर्णय गराएर काम शुरू गर्ने प्रतिक्रिया दिए ।

यस विषयमा जीतपुरसिमरा उपमनपाका शिक्षा शाखा प्रमुख शिव साह कानूले आफूलाई प्रअ राहत शिक्ष्Fक हुन् भन्ने थाहा नभएको र त्यस्तो भएको छ भने स्थायीलाई प्रअको जिम्मेवारी दिइने बताए । साथै चर्पीको पैसा लामो समयदेखि खर्च नगरिएको भन्दै आएकोमा, रकम झिकिएको छ भने कारबाई गर्ने बताए । साथै विद्यालय व्यवस्थापन समिति गठनका लागि पटक–पटक अभिभावक भेला बस्दा सहमति नभएपछि वडा कार्यालयले नै मनोनीत गरेर एक महीना पहिले समिति चयन गरिदिएको उनले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here