अङ्कारा, दमास्कस, २६ माघ/सिन्ह्वा

टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरूले जनाएका छन् ।

बिहीवार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।

दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीवार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ ।

बिहीवार बिहानसम्म टर्कीमा भूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् । टर्कीको विपत् व्यवस्थापन विभागलाई उद्धृत गर्दै सो समाचार दिइएको छ ।

त्यस भूकम्पबाट टर्कीका धेरैको मृत्यु भएको बताइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ ।

यस अघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । घाइते भएकाहरू अस्पताल पु¥याइएका छन् र अस्पतालमा नै मानिसहरूको निधन भएका समाचारहरू आइरहेका छन् ।

उता सिरियामा पनि सो भूकम्पमा परी बिहीवारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुर्ई सय नाघेको छ । त्यहाँ दुर्ई हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समय अनुसार सोमवार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

टर्की र सिरियामा सोमवार गएका दुर्ई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् ।

धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली खटाई राहत सामग्री प्रदान गरिरहेका छन् ।

यसै क्रममा बुधवार चिनियाँ उद्धार टोली चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न अदाना विमानस्थल आइपुगेको छ ।

उता अमेरिकी अधिकारीहरूले पनि उद्धारको कामका लागि अमेरिकी टोली पठाइएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको जनाएको छ ।

इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन

ब्रसेल्स/सिन्हवा

युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशले भूकम्प प्रभावित टर्की, जेनेजमा बुधवार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन् ।

टोलीमा १५०० उद्धार र स्वास्थ्यकर्मी, १०० खोज तथा उद्धार कुकुर परिचालन गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here