प्रस, वीरगंज, २२ माघ/
सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले सीमामा डिजिटलाइज पोलिसिड्ढो व्यवस्था र औद्योगिक सुरक्षा बलको स्थापनाका लागि पहल गर्ने बताएका छन् ।
पर्सा जिल्लामा सरुवा भई आएका सप्रउ थपलियाले आइतवार वीरगंज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको भेटघाट कार्यक्रममा विगतमा भएका गरेका राम्रा कार्यहरूमा अझ वृद्धि गर्ने, औद्योगिक सुरक्षा र अवैध व्यापार नियन्त्रणका लागि सशस्त्र प्रहरी क्रियाशील रहने र सीमा सुरक्षामा हुने अपराध तथा राजस्वलगायतका आर्थिक अपराधका चुनौतीलाई अवसरको रूपमा लिई आफू अघि बढ्ने बताए ।
उनले सीमा सुरक्षा तथा औद्योगिक सुरक्षा विषयमा आफू गम्भीर रहेको बताउँदै वीरगंज आर्थिक नगर भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै सोही अनुरूपको सुरक्षा व्यवस्था मिलाउने बताए । शान्ति सुरक्षा कायम गर्नका लागि चुनौतीहरू रहेको भन्दै औद्योगिक शान्ति सुरक्षाको लागि आफूले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरे ।
वीउवासङ्घका अध्यक्ष सुबोध गुप्ताले वीरगंजलगायतका क्षेत्रमा कायम रहेको शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, फुटेका, बिग्रेका सिसिटिभीको व्यवस्थापन र विस्तारमा सङ्घको निरन्तर सहयोग रहने बताए ।
अध्यक्ष गुप्ताले आर्थिक क्रियाकलाप बढी हुने र खुला नाका भएकोले तस्करी तथा आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भएकोले सोहीअनुरूपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि सप्रउ थपलियासँग आग्रह गरे । उनले वीउवासङ्घले आर्थिक विकासका साथै सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य क्षेत्रको उन्नयन र विस्तारमा ऊर्जा खर्चिदै आएको बताए ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष हरिप्रसाद गौतम, माधव राजपाल, कार्यसमिति सदस्य आशिष लाठ, शिवजीप्रसाद कलवार, नीरज अग्रवालले वीरगंजलगायतका क्षेत्रमा कायम रहेको शान्ति सुव्यवस्थालाई सप्रउ थपलियाले आफ्नो कार्यकालमा अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए ।