चिरञ्जीवी सापकोटा, ठोरी, २१ माघ/
नेपाल ट्रेड युनियन काङ्ग्रेस, पर्साले शनिवार ठोरीको गणेशमान सिंह राईधारा पार्क परिसरमा वनभोज र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
ट्रेड युनियन काङ्ग्रेस, पर्साका अध्यक्ष छोटेलालप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सभापति एवं मधेस प्रदेशसभा सदस्य जनार्दन सिंह क्षत्रीले ट्रेड युनियन काङ्ग्रेस, पर्सा देशभरिमैं नमूना भएको बताए । उनले आगामी दिनमा अझ मजबूत बनाउन पर्साका १४ वटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सुझाए ।
बहुदल आएपछि गणेशमान सिंह वीरगंज आएको बेलामा ठोरी जान रहर गरेपछि आफूहरूले सिंहलाई ठोरी ल्याएको सम्झिंदै ठोरीलाई नेपाली काङ्ग्रेसले कहिल्यै बिर्सन नसक्ने बताए ।
अर्का प्रदेशसभा सदस्य श्याम पटेलले ठोरी मधेस प्रदेशको अन्य क्षेत्रभन्दा पर्यटनको प्रचुर सम्भावना रहेको ठाउँ भएको बताए । उनले ठोरीलगायत अन्य धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्र निर्माण गर्न आफू लागिपर्ने वचन व्यक्त गरे ।
नेपाली काङ्ग्रेस, पर्साका उपसभापति रामनारायण कुर्मीले पर्सामा काङ्ग्रेसको सङ्गठन मजबूत भए तापनि भ्रातृ संस्थाहरू कमजोर हुँदै गएका भनेर चिन्ता व्यक्त गरे ।
नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्र कुँवरले नेपाल ट्रेड युनिय काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन आगामी जेठ महीनामा हुने बताउँदै जिल्ला अधिवेशन समयमैं सम्पन्न गर्न आग्रह गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्यद्वय क्षत्री र पटेल, ट्रेड युनियनका महासचिव कुँवर, नेका, पर्साका उपसभापति कुर्मी, ठोरीका सभापति सन्तोष श्रेष्ठलगायत नेताहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा क्षेत्रीय सभापति अरबिन्द गुप्ता, महमद सहाबुद्दीन, महाधिवेशन प्रतिनिधि प्रकाश खनाल, नेका, ठोरीका सभापति सन्तोष श्रेष्ठ, नेपाल ट्रेड युनियन मधेस प्रदेशका सभापति लक्ष्मणप्रसाद कुर्मी, नेपाल कारखाना श्रमिक सङ्घका अध्यक्ष अमृतलाल जोशी, ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय सदस्य माधव उपाध्याय, नेपाल टेलिकम वक्र्स युनियनका केन्द्रीय उपाध्यक्ष पूरन साह कानू, नेपाल शिक्षक महासङ्घ, पर्साका अध्यक्ष तीर्थराज यादव, नेपाल शिक्षक सङ्घ, पर्साका अध्यक्ष प्रदीप जैसवाल, नेपाल शिक्षक सङ्घ मधेस प्रदेशका उपमहासचिव मोहनलाल कुर्मी, नेपाल शिक्षक महासङ्घ, ठोरीका अध्यक्ष अमृत श्रेष्ठलगायत वनभोज कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा स्वागत ट्रेड युनियन काङ्ग्रेस, पर्साका उपाध्यक्ष चन्द्रनारायण सिंह रिजाल र सहजीकरण सचिव हरेन्द्र महतोले गरेका थिए ।