प्रस, वीरगंज २० माघ/

राष्ट्रिय अनुसन्धान कार्यालय, पर्साका उपनिर्देशक हेमन्त चौधरीले आपराधिक गतिविधि र आर्थिक अनियमितता नियन्त्रण गर्ने बताएका छन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घले पर्सा जिल्लामा सरुवा भइआएका उपनिर्देशक चौधरीसँग भेटघाट कार्यक्रममा चौधरीले शान्ति सुव्यवस्था र सुशासन प्रवद्र्धन गर्ने कार्यमा समन्वय र सहकार्य गर्ने बताए ।

वीउवासङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले आर्थिक क्रियाकलाप बढी हुने र खुला नाका भएकोले पर्सा जिल्लामा आपराधिक गतिविधि नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउन उपनिर्देशक चौधरीलाई आग्रह गरे ।

कार्यक्रममा पूर्वअध्यक्ष अशोक बैद र प्रभात रूँगटाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उपाध्यक्ष हरि गौतमले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए भने उपाध्यक्ष माधवराज पाल, सचिव आशिष लाठ, कार्यसमिति सदस्य सुरेश रूंगटालगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here