बेइजिङ, १५ माघ/सिन्ह्वा
चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तीव्रता ल्याउने योजना अघि सारेको छ । चिनियाँ प्रधानमन्त्री लि केकाड्ढो अध्यक्षतामा सम्पन्न राज्य परिषद् बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि यस्तो निर्णय गरेको हो ।
बैठकले केन्द्रीय आर्थिक सम्मेलनले हालै अनुमोदन गरेको आर्थिक सुधार सम्बन्धी निर्णयहरूको कार्यान्वयन गर्ने प्रस्ताव पनि अघि बढाएको छ । आर्थिक वृद्धि, रोजगार र उपभोग्य वस्तुको मूल्यमा स्थिरता सुनिश्चित गर्नेतर्फ बैठकले ध्यान केन्द्रित गरेको छ ।
अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्नका लागि अघि बढाइएका नीतिगत प्याकेजको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न ठोस कदम अगाडि बढाइने छ । मुख्य परियोजना र वित्तीय नीतिको अग्रसरताका उपकरणहरूलाई अद्यावधिक गरी बढी भौतिक प्रगति गर्नेतर्फ अगाडि बढ्नेतर्फ बैठकले ध्यान दिएको छ ।
साना करदाताबाट उपलब्ध भ्याट र सहुलियतपूर्ण ऋण, साना व्यवसायका लागि प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याइने छ । सार्वजनिक क्षेत्रलाई थप सङ्गठित र विकास गर्न पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दै बैठकले गैर सार्वजनिक क्षेत्रको विकासलाई सहयोग र नीतिगत मार्गदर्शन गर्न प्रोत्साहित गरिने जनाएको छ । विश्वस्तरीय बजारमुखी व्यावसायिक वातावरण निर्माण गर्न निजी व्यवसायको कानूनी अधिकार र चासोलाई संरक्षण गरिने बैठकमा सहमति भएको छ ।
बैठकले स्प्रिङ चाड पछिको अवस्थामा व्यवसाय र उत्पादन क्षेत्रलाई थप व्यवस्थित रूपमा खुला गर्न सहजीकरण आवश्यक रहेको कुरामा जोड दिएको छ । साथै आप्रवासी कामदारलाई पूर्ववत् काममा फर्कन र नयाँ रोजगार खोज्ने गरी सहजीकरण गर्नुपर्ने कुरामा बैठकले ध्यान दिएको उल्लेख छ ।
चिनियाँ अर्थतन्त्रको आधारस्तम्भ रहेको दैनिक उपभोग्य वस्तुको खपत बढाउन बैठकले जोड दिएको छ । वस्तुको मागका सन्दर्भमा वैदेशिक व्यापार र लगानी बढाउनेतर्फ ध्यान दिन राज्यका सबै निकाय अग्रसर हुनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
उपभोग्य वस्तुको मागलाई तीव्रता दिने सन्दर्भमा सेवामूलक व्यवसाय तथा स्वरोजगारमा आबद्ध व्यक्तिलाई मदत गर्नेगरी नीतिहरू अघि बढाइने छ । बैठकले कार र अन्य मूल्यवान सामानको उपभोग वृद्धि प्रवद्र्धन गर्न जोड दिएको छ ।
उपभोग्य सामान खरीदका लागि सहज ऋण उपलब्ध गराउने प्रावधान अघि बढाइएको छ । कुनै खास शहरी क्षेत्रलाई प्राथमिकता दिइने, घर खरीदका चाहनालाई ध्यानमा राख्ने, घरहरूको अवस्थामा सुधार ल्याउने तथा पहिल्यै बिक्री गरिएका घरहरूको अवस्थामा पनि सुधार ल्याइने छ ।
“उपभोगलाई व्यापक तुल्याउन देशभित्रै माग विस्तार गर्नु मुख्य कदम हो । अर्थतन्त्रमा उपभोगलाई मुख्य प्राथमिकतामा राख्नु अति जरूरी छ”– प्रधानमन्त्री लिले भने । “चिनियाँ अर्थतन्त्रको सर्वाधिक महŒवपूर्ण क्षमता भनेकै एक अर्ब ४० करोड मानिसले गर्ने उपभोग हो ।”
बैठकले आर्थिक खुलापनको राष्ट्रिय नीतिप्रति चीनको प्रतिबद्धतालाई पुनः जोड दिंदै वैदेशिक व्यापारलाई मजबूत बनाउने अझ ठोस उपायहरूका लागि आह्वान पनि गरेको छ । देशभित्र वस्तुहरूको प्रदर्शनी थप खुला गरिने तथा विदेशमा हुने औद्योगिक तथा व्यापारिक प्रदर्शनीमा सहभागिताका लागि व्यवसायीहरूलाई सरकारले मदत गर्ने बैठकले निर्णय गरेको छ ।
वैदेशिक व्यापारमा सहुलियत, ऋण र बीमासमेतका सुविधा उपलब्ध गराउने नीतिको प्रभावकारी कार्यान्वयन गरिने तथा चिनियाँ मुद्रा (आरएमबी) को परिवत्र्य दर सकेसम्म स्थिर र सन्तुलित राखिने छ । व्यवसायीहरूलाई बजारका अवसर खोजी गर्न सरकारले थप राहत र सुविधा उपलब्ध गराउने छ ।
सीमापार ई–कमर्सको विकासलाई थप प्रवद्र्धन गरिने छ । वैदेशिक व्यापारको प्रतिस्पर्धात्मक क्षमता बढाउन प्रोत्साहित गरिने छ । आवश्यकता अनुसार आयात विस्तार गरिने छ ।
वैदेशिक लगानी आकर्षित गर्न सक्रियतापूर्वक प्रयत्न गरिने छ । व्यवसाय र लगानीमा आकर्षित गर्नेगरी स्थानीय सरकारहरूलाई मदत गरिने छ । स्वतन्त्र व्यापार क्षेत्र र अन्य प्लेटफर्मको प्रयोगमा सहुलियत दिइने छ । वैदेशिक लगानीमा सञ्चालित व्यवसायको सेवामा सुधार ल्याउन दिगो प्रयत्न गरिने छ । बैठकले फेबु्रअरी महीनाको प्रारम्भमैं विस्तृत योजना तयार गर्न सरकारका सम्बद्ध निकायहरूलाई आग्रह गरेको छ । रासस