प्रस, वीरगंज, १४ माघ/

बाराको पथलैया आइपुगेको भगवान् रामको जन्मभूमि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा बन्ने राममूर्तिका लागि प्रयोग हुने नेपालको कालीगण्डकी नदीको शिलाको सांसद प्रदीप यादवले क्षमापूजा गरेका छन् ।

म्याग्दी जिल्लाको बेनीस्थित कालीगण्डकी नदी किनारबाट उत्खनन गरिएको हजारौं वर्ष पुरानो शिला नेपालका विभिन्न शहर हुँदै जनकपुर लैजाने क्रममा शनिवार पथलैया आइपुगेको अवसरमा सांसद यादव सो ठाउँमा पुगेर आज शिलाको क्षमापूजा र गङ्गापूजन गरेका थिए ।

सांसद यादवले शिलाको पूजा गर्दै परापूर्वकालदेखि नेपाल र भारतबीच धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको बताउँदै यहाँको शिला लगेर मूर्ति बनाउँदा सम्बन्ध थप प्रगाढ हुने र नेपालको कालीगण्डकीको महत्व अझै बढ्ने बताए ।

क्षमापूजाका लागि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैदलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here