प्रस, परवानीपुर, १४ माघ/

बाराकी एक महिला उचित उपचार नपाउँदा मृत्युको सङ्घारमा पुगेकी छन् । कलैया उपमहानगरपालिका–६ मदर्सा टोलकी मञ्जु देवी मृत्युसँग सङ्घर्ष गरिरहेकी छन् ।

४५ वर्षीया मञ्जु गत पुस २४ गते घरमा आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी थिइन् । गरीब परिवारकी मञ्जुको उपचारको लागि रकम नहुँदा उनी कलैयास्थित सामान्य क्लिनिकमा उपचार गराइरहेकी छन् ।

पाँच धुर मात्र घडेरी रहेको आफूले परिवारको गुजारा बादाम बेचेर गर्ने गरेको मञ्जुका पति रामगोरख साहले बताए ।

तीन छोरा र दुई छोरीकी आमा मञ्जुको ढाडभन्दा तल दुईटै खट्टा जलेको छ । उनलाई प्रारम्भिक चरणमा नारायणी अस्पतालमा उपचार गराएर काठमाडौंको लागि रेफर गरिए पनि परिवारजनसँग पैसा नहुँदा लैजान नसकेको मञ्जुका छोरा अञ्जीत साह बनियाले बताए । अहिले कलैयास्थित अख्तर नेशा क्लिनिकमा राखेर उनको उपचार जेनतेन भइरहेको छ । उनको उपचारमा कलैया उपमहानगरपालिकाले रु १६ हजार सहयोग गरेको छ । २५ प्रतिशतभन्दा बढी शरीर जलेको घटना भएकोले सामाजिक संस्था र दाताहरूबाट सहयोगको अपील गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here