प्रस, वीरगंज, १२ माघ/

नेपाल खेलकूद महासङ्घ, वीरगंज महानगर कमिटीले सिंहदरबारमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जलि तथा सरकारलाई खबरदारी गर्दै वीरगंजमा प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

मङ्गलवार सिंहदरबारमा आत्मदाह गरेका आचार्यको बुधवार बिहान उपचारको क्रममा निधन भएको थियो । सोको विरोधमा खेलकूद महासङ्घ वीरगंज नगर कमिटीले हिजो बुधवार घण्टाघरदेखि विरोध प्रदर्शन गर्दै नगरपरिक्रमा गरेको थियो । कमिटीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाईको माग गरेको छ ।

ज्ञापनपत्रमा बहाल लगाएको घरको अनिवार्यरूपमा कर लिनुपर्ने, घरधनीले लिने धरौटीको अन्त्य गर्नुपर्ने, स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायात सहज गर्नुपर्ने, गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने र राष्ट्रिय उत्पादनमा भ्याट खारेजी तथा आचार्यलाई आत्मदाह गर्न बाध्य पारेका दोषीलाई कारबाईको माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here